बारामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

सांकेतिक तस्वीर

कलैया । मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

उनले लङ्गडाचोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना२३प २७४६ नंको मोटरसाइकल डोरा खोलामा दुर्घटना हुँदा पतरौता नगरपालिका–८ बस्ने २२ वर्षीय मोटरसाइकल चालक विजय यादव र सोही वडाका ५५ वर्षीय रामेश्वर यादवको समेत घटनास्थलमा सोमबार मृत्यु भएको जानकारी दिए ।

मृतक तीनै जनाको शव जिल्ला अस्पताल कलैयामा राखिएको र परीक्षणपछि अफन्तजनलाई बुझाउने प्रहरीले जनाएको छ । यसअघि डोरा पुलमा दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महानगरको सुकुमुबासी बस्ती हटाउने कार्यमा भूमि आयोगले रोक लगायो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९