कालिकाेट । जिल्लाको नरहरीनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । निरन्तर बर्षाका कारण बढेकाे खाेला तर्न जाँदा उनिहरुकाे बगेर मृत्यु भएकाे हाे । शनिबार बेलुका ६ बजेतिर दिदीको घरमा भेटघाटमा जान लागेका एकै परिवारका चारजनाकाे दुदुली खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय कालिकोटका सूचना अधिकारी यक्षराज जोसीका अनुसार अछामबाट माल्कोट माइती घर आएकी ३३ वर्षीया देवा बोहोरा, उनकी १४ वर्षीया छोरी बिपना बोहोरा, ७ वर्षका छोरा हेमन्त बोहोरा र १ वर्षीय छोरी आकृति बोहोराको दुदुली खोलाले बगाउँदा मृत्यु भएको हो ।
प्रहरी निरक्षक जोसीका अनुसार माल्कोटको उच्छवबाट दिदीलाई भेट्न जान लागेका उनीहरुलाई दुदुली खोलाले बगाएको थियो। उनीहरु सबैको शव फेला परिसकेको छ । भारी वर्षासँगै खोलामा पानीको बहाव बढेकाले जगार तर्दा उनीहरु बगेका हुन् । याे लगायत बाढि,पहिराे र खाेलाले गरि कालिकाेटमा दुई साता भित्र २६ जनाकाे मृत्यु भएकाे छ ।