छायांकन नरोकेपछि प्रहरीको हस्तक्षेप

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनलाई उलंघन गर्दै धमाधम चलचित्र, टेली चलचित्र तथा म्युजिक भिडियोको छायांकन गरिएपछि यस्तो छायांकनमा प्रहरीले रोक लगाएको छ ।

काठमाडौंमा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक भेल नहुन, चलचित्र छायांकनदेखि जात्रा र सभासमारोह नगर्न पत्र जारी गर्दै निर्देशन दिएको छ । सो निर्देशनको उल्लंघन गर्दै अहिले पनि चलचित्र टेली चलचित्र, म्युजिक भिडियोको छायांकन भइरहेको छ । यसरी जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गर्दै छायांकन गरिएपछि यस्तो छायांकनलाई प्रहरीले हस्तक्षेप गर्न थालेको छ ।

यस्तै, निर्देशक दिनेश पाख्रिनले जिल्ला प्रशासन कार्यालयको नियम उल्लंघन गरेको भन्दै उनको युनिटलाई प्रहरीले शनिबार हस्तक्षेप गरेको छ । उनको टेलिसिरियल ‘झोलझाल’को शंखमूलमा छायांकन भइरहेको थियो । भिडभाड देखेर स्थानीय बासिन्दाले रिपोर्ट गरेपछि छायांकन स्थलमा प्रहरी पुगेर उनीहरूलाई पक्राउ ग-यो ।

प्रहरीले सोधपुछ गरेर अब अनुमति नलिई असुरक्षित रूपमा छायांकन नगर्ने सहमतिमा निर्देशन पाख्रिनको युनिटलाई छाडेको छ । उनको युनिटमा २० जनाभन्दा बढी कलाकार र प्राविधिक थिए । अब कोरोनाको संक्रमण कम नभएसम्म र सरकारले केही खुकुलो नगरेसम्म आफ्नो टेली चलचित्रको छायांकन नगर्ने उनले बताएका छन् । उनले हाललाई आफ्नो टेली चलचित्र झोलझालको छायांकन स्थगित गरेका छन् ।

जिल्ला प्रशासन कार्यलयले निषेधाज्ञा जारी गरेसँगै प्रहरीले म्युजिक भिडियो र सिरियलको छायांकनमा कडाइ गर्न थालेको छ । तथापि, छायांकन रोकिएको छैन । अभिनेत्री नायिका नीता ढुंगानाको एउटा भजनको छायांकनको क्रममा पनि प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंमा राति नौ बजेपछि हिँडडुल गर्न रोक लगाइएको बेला अभिनेत्री नीताले आफ्नो भिडियोको छायांकन राति

राखेकी थिइन् । प्रहरीले राति उनको छायांकन राकेपछि उनले आफ्नो छायांकन ३० गते दिउँसो गरेकी छन् ।
सरकारले म्युजिक भिडियो वा चलचित्रको छायांकनका लागि अनुमति दिइसकेको छैन । तर, पनि डेढ महिनादेखि म्युजिक भिडियोको छायांकन धमाधम भइरहेको उजुरी आएपछि प्रहरीले हस्तक्षेप गरेको हो । यता नेपाल चलचित्र कलाकार संघले पनि केही दिनअघि एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका कोरोना संक्रमण बढेकाले केही दिन यस्ता छायांकनमा सहभागी नहुन निर्देशन दिएको छ । तथापि, छायांकनको क्रम रोकिएको छैन ।

यता, केही म्युजिक भिडियो निर्माता निर्देशकहरूले आफ्नो छायांकन आगामी १५ भदौसम्मका लागि स्थगित गरेका छन् । निर्माता निर्देशक तथा गायक सरोज ओलीले आफ्नो सबै म्युजिक भिडियो रोकेका छन् । पल शाहलगायतका केही कलाकारहरूको बाँकी भिडियोको छायांकन रोकेको पनि उनले बताएका छन् ।

म्युजिक भिडियोमा सक्रिय टंक बुढाथोकीदेखि शंकर बिसी तथा थुप्रै लोकदोहोरी गायक गायिकाले पनि आफ्नो गीतको म्युजिक भिडियोको छायांकन हाललाई स्थागित गरेका छन् । अहिले काठमाडौंमा कोरोनाको संक्रमण बढेको र जिल्ला प्रशासन कार्यालयले भेला हुन निषेध गरेका कारण छायांकन रोक्नुपरेको उनले बताए । सम्बन्धित संघसंस्थाले पनि हाललाई छायांकन रोक्न आग्रह गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम