रोटरी र रोट्रयाक्टद्वारा मास्क र सेनिटाइजर वितरण

भैरहवा । रोटरी क्लब अफ लुम्बिनी स्‍टार्स र रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्‍टार्सले वडा प्रहरी कार्यालय रामनगरमा मास्क र सेनिटाइजर वितरण गरेको छ।

कोभिड–१९ बाट आम सर्वसाधारणलाई सुरक्षा प्रदान गर्न अग्रपंक्तिमा खटेर काम गरिरहेका सुरक्षाकर्मीहरुलाई अत्यावश्यक पर्ने १६०० थान मास्क र २० लिटर सेनिटाइजर वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोबिन्दप्रसाद रेग्मीलाई हस्तान्तरण गरेको हो।

कार्यक्रममा अध्यक्ष बालकृष्ण पाण्डेले क्लबले कोरोना भाइरसबाट बच्‍न र बचाउन सबैको साथ सहयोग र प्रतिवद्धताको खाँचो रहेको बताउदै क्लबले निरन्तर सहयोग गरिरहने बताए । प्रहरी निरीक्षक रेग्मीले क्लबको सहयोगप्रति धन्यवाद दिदै आगामी दिनमा समेत सबै सामाजिक संघ संस्थाको सहयोग्को अपेक्षा रहेको बताउदै सबैलाई सुरक्षित रहन आग्रह गरे ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष यादवप्रसाद भन्डारीले क्लबको सहयोग अभियानको प्रशंसा गरे । क्लबका सचिब विक्रम क्षेत्रीको संचालनमा, रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष विमल ढकालको स्वागत गरे । उक्त कार्यक्रममा दुबै क्लबका पदाधिकारीहरु र सुरक्षाकर्मीहरुको सहभागितामा रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

epaper

ताजा समाचार

पत्रकार महासंघ जिल्ला शाखाद्वारा प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र