११ प्रहरीसहित हेटौंडामा १६ जनालाई कोरोना संक्रमण

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले दिएको जानकारी अनुसार मकवानपुरमा कार्यरत ११ जना प्रहरी र हेटौंडा उपमहानगरपालिकाका ५ जना सर्वसाधारणलाई कोरोना संक्रमण भएको हो ।

उनका अनुसार हेटौंडा–४ मा हेटौंडा–१० मा एक जना सर्वसाधारणलाई कोरोना पुष्टि भएको छ । यसैगरी चितवन घर भएका–३, रौतहटका २, सिन्धुलीका १, बाँकेका २, पर्सा घर भएका १, धादिङ घर भएका १ सहित ११ जना प्रहरीलाई कोरोना भएको जनाइएको छ । उनिहरु मकवानपुरको विभिन्न प्रहरी कार्यालयमा कार्यरत वा जिल्ला प्रहरी कार्यालमै कार्यरत हुन भन्ने खुल्न सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड