थपिए ५८१ जना नयाँ कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५८१ मा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेका छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५२० हजार जनामा गरेको पिसीआर परीक्षणबाट ५८१ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर घर फर्किएका छन् ।  यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १७ हजार ४९५ पुगेको छ

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको सङ्ख्या १०७ पुगेको छ ।

आइसोलेशनमा रहेका सङ्क्रमितको सङ्ख्या ९ हजार ६३९ रहेको छ । मन्त्रालयका अनुसार हाल नेपालका विभिन्न क्वारेन्टिनमा १५ हजार १९८ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण