प्रदेश नं ५ कै उत्कृष्ट ‘हाम्रो मध्यवर्ती राधाकृष्ण’ सहकारी

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बजारमा रहेको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था प्रदेश नं ५ को उत्कृष्ट बचत तथा ऋण सहकारी बन्न सफल भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेप्mस्कुन) ले आफनो ३३ औँ स्थापना दिवसको अवसरमा हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थालाई प्रदेश नं ५ को उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था घोषणा गरेको हो ।

२०६३ सालमा स्थापना भएको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाले स्थापनाकालदेखि नै आफना शेयर सदस्यहरुलाई वित्तिय सेवा प्रवाह गर्दै आइरहेको छ । यस संस्थामा हाल करिव ७ हजार शेयर सदस्य रहेका छन् । हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारीले हाल ३१ करोड २५ लाख रुपैँया बराबारको कारोवार गरिरहेको छ । यस सहकारीको शेयर पूँजी ३ करोड ५० लाख छ । भने हालसम्म सहकारीले २१ करोड ५० लाख बचत संकलन गरेको छ । सहकारीका विभिन्न कोषमा १ करोड २५ लाख रुपैँया रहेको सहकारीका व्यवस्थापक गणेश थापाले जानकारी दिए ।

सदस्यहरुलाई १७ प्रकारका बचत सुविधा, १४ प्रकारका ऋण सुविधा दिँदै आएको यो सहकारीले ३६५ दिन नै वित्तिय सेवा प्रदान गर्दै आइरहको छ । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँबजारमा मुख्य कार्यालय रहेको यो सहकारीले आफना शेयर सदस्यहरुलाई ६ वटा सेवा केन्द्र, २ वटा बचत संकलन केन्द्र र केन्द्रिय कार्यालय मार्फत वित्तिय सेवा दिँदै आइरहको छ ।

पछिल्लो समय सहकारीको वित्तिय सुचकांकहरुमा उल्लेख्य बृद्धि भएको र सहज र सरल ढंगबाट सदस्य केन्द्रित सेवा सुविधा प्रदान गर्दै आइरहेकोले प्रदेश कै उत्कृष्ट सहकारी बन्न सफल भएको सहकारीका अध्यक्ष नवराज न्यौपाने बताए । आफुहरुले सदस्य केन्द्रित सेवा सुविधालाई नै बढि प्राथमिकता दिँदै आइरहेको अध्यक्ष न्यौपानेले बताए ।

यस सहकारी संस्थाले सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्नुका साथै मोवाइल बैकिङ्ग, एसएमएस, रेमिटान्सलगाएतका सेवा प्रदान गर्दै आइरहको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कुनले संचालन गर्दै आइरहको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम( प्रोवेशन ) मा आवद्ध रहि यो सहकारीले राष्ट्रिय स्तरको प्रावेशन ब्राण्डसमेत प्राप्त गरिसको छ । आगामी दिनमा अन्तराष्ट्रिय स्तरको एक्सिड ब्राण्ड हासिल गर्नका लागि सहकारीको वित्तिय सुचकांकहरु सुधार एवं बृद्धि गर्ने कार्यमा अग्रसर रहेको सहकारीका अध्यक्ष नवराज न्यौपानेले बताए ।

हाम्रो मध्यवर्ती राधाकृष्ण साकोसले नगरमा सहकारी एकिकरणको अभियानलाई पनि व्यापक बनाउँदै गएको छ । नगरमा रहेका सहकारीमा दोहोरो सदस्यताको अन्त्य गरि सहकारीमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै एक सक्षम र सबल सहकारी स्थापना गरि सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्धेश्यका साथ हाम्रो मध्यवर्ती राधाकृष्ण सहकारीले नगरमा एकिकरण अभियानलाई तिब्रता दिएको सहकारीका अध्यक्ष न्यौपानेले बताए ।
एकिकरण अभियान जुटेको हाम्रो मध्यवर्ती सहकारीले हालसम्म ८ वटा सहकारी संस्थालाई एकिकरण गर्न सफल भएको छ । छोटो समयमा धेरै सहकारी संस्था एकिकरण गर्न सफल यो सहकारी जिल्लाकै पहिलो हो ।

तपाइको प्रतिक्रिया
(Visited 938 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार