कास्कीमा आज रातिदेखि भदौ ७ सम्म निषेधाज्ञा

पोखरा । कास्कीमा अन्ततः निषेधाज्ञा लागू गरिएको छ । आज (मंगलबार) राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म कास्की जिल्लाभर निषेधाज्ञा लागू गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार आधिकारिक रुपमा सूचना जारी गर्दै कोरोना महामारी फैलिएकोले सोको नियन्त्रणका लागि जिल्ला संकट व्यवस्थापन समितिले बैठकले सो निर्णय गरेको जनाएको हो ।

निषेधाज्ञाकोे समयमा अत्यावश्यक सेवाबाहेक मानिसलाई अन्य सेवा बन्द रहने छन् । जसमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र डिडडुल गर्न रोक लगाइएको छ । यस्तै, भेला हुन, भीडभाड गर्न, सभाजुलुस गर्न, जात्रा, महोत्सव तथा सबै धर्म, संस्कृति प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रममा रोक लगाइएको छ ।

निषेधाज्ञाको समयमा एम्बुलेन्स, दमकल, शवबाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी बोक्ने सवारीसाधन, ग्यास तथा पेट्रोलियम पदार्थबाकेका सवारीासधन, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको ड्यूटी जाने आउने प्रयोजनमा प्रयोग हुने सवारीसाधन, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारीसाधन, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सवारीसाधन, झण्डाबाहक सवारीसाधन, कुटनीतिक नियोगका सवारीसाधन, मालबाहक सवारीसाधन, प्रेसपास तथा परिचयपत्र बाहक संचारकर्मीका सवारीसाधन बाहेक यात्रुबाहक सार्वजनिक तथा निजी सवारीसाधन संचालन गर्न पाइने छैन ।

यसैगरी, विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यु बस्तु बिक्री गर्ने व्यावसायक मल, स्टोर तथा पसल, सिनेमाहल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, व्यूटीपार्लर, शैलुन, हार्डवेयर पसल, सुनचाँदी, टेलरिङ, फूटपाथ पसल लगायत सवा तथा स्थल खोल्न तथा संचालन गर्न पाइने छैन ।

स्वास्थ्य, सुरक्षा, संचार, विद्युत्, खानेपानी, औषधी तथा औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायतका अत्यावश्यक सेवा तथा कार्य गर्ने बाहेककासेवा तथा कार्य संचालन गर्न नहुने बताइएको छ ।

बैंक, वित्तीय संस्था तथा सहकारीबाट प्रवाह हुने सेवा संचालन गर्न तथा एटीएम तथा अनलाइन बैंकिङ सेवा संचालनको प्रबन्ध गर्न बाधा नपर्ने, क्वारेन्टिनका लागि तोकिएका होटल बाहेकका अन्य होटल तथा रेष्टुरेन्ट खोल्न पाइने छैन ।

खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दूध, डेरीजन्य पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम र बेलुका ५ देखि ७ बजेसम्म मात्र संचालन गर्न पाइनेछ ।

निषेधाज्ञाको अवज्ञा गरेको पाइए स्थानीय प्रशासन ऐन, २०२८, संक्रामक रोग ऐन, २०२० एवं अन्य प्रचलित काुननबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट