काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १६ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

epaper

ताजा समाचार

मंगल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार