सप्तरीमा एकै परिवारका ८ जनासहित ११ संक्रमित थपिए

राजविराज । अघिल्लो दिन एक जना संक्रमित फेला परेको सप्तरीमा मंगलवार एकै परिवारका ८ जना सहित एउटै नगरपालिकाका ११ जना संक्रमित थपिएका छन् । पछिल्लो पटक हनुमाननगर कंकालिनी नगरपालिकाका एकै परिवारका ८ जना सहित ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालावाट मंगलवार प्राप्त परिक्षण रिर्पोटले उक्त नगरपालिका वडा नम्बर ९ का एकै परिवारका ८ तथा वडा नम्बर १, ७ र १० का १/१ गरि ११ जनामा संक्रमणको पुष्टि भएको छ ।

संक्रमित परिवारका ८ जना मध्यै तीन जना महिला रहेका छन् । उक्त परिवारमा दुई दिन अघि एक जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिंग गर्दा परिवारका अन्य ८ जनाको पनि नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी गराए ।

संक्रमण पुष्टि भएपछि संक्रमितको घर शिल गरिएको छ भने संक्रमितको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टीनमा ल्याई स्वाब संकलनको कार्य थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस सँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय ८३ पुगेको छ ।

यसैबिच कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानिय प्रशासनले सप्तरीमा बुधवार देखि थप १३ दिनका लागि निषेधाज्ञा बढाएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना भाईरसको जोखिम कायमै रहेकाले जारी निषेधाज्ञालाई भदौ १५ गते सम्मका लागि बढाउने निर्णाय गरेको हो ।

कोरोना भाईरसको जोखिम बढेसँगै स्थानिय प्रशासनले साउन ८ गतेदेखि भदौ २ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको म्याद सकिनै लाग्दा स्थानिय प्रशासनले थप १३ दिनका लागि निषेधाज्ञा बढाउने निर्णाय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै