मोरङ । प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । मंगलबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै सम्भव नरहेको भन्दै सवैको सहकार्य आवश्यक रहेको बताए । उनले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भईरहेको जानकारी गराउँदै संक्रमण बढ्दै जाँदा प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धारण गरेको बताए । ‘लक्षित समूहको परीक्षण गर्नेगरि प्राथमिकता निर्धारण गरिएको छ’ मन्त्री घिमिरेले भने ।
देशभरी ८ वटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना रहेको फाउण्डेसनका प्रवन्धक राम जी कटुवालले बताए । उनले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताललाई भेन्टिलेटर हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत कोशी कोभिडलाई उपलब्ध गराईएको बताए । उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि एउटा पोर्टेवल भेन्टिलेटर उपलब्ध गराउने बताए ।






