राष्ट्र्रिय झण्डामा आगो लगाएर युट्युबमा भिडियो पोष्ट गर्ने ८ जना पक्राउ

काठमाडौं । राष्ट्रिय झण्डामा आगो लगाई जलाएको भिडियो सामाजिक सञ्जाल युट्युवमा प्रसारण गरेको अभियोगमा ८ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर बस्ने गायक ज्ञाल्जेन दोर्जे तामाङ भन्ने २३ वर्षीय रोजित कुमार तितुङ, काभ्रेका २८ वर्षीय लावाङ तामाङ, २७ वर्षीय प्रयास भन्ने चलाकमान तामाङ, भिडियो इडिटिङ गर्ने ३१ वर्षीय संजय भन्ने हुत्त बहादुर तामाङ, र ३६ वर्षीय कमल कुमार लामा तामाङ रहेका छन् ।

सिन्धुपाल्चोक बस्ने २८ वर्षीय संजित कुमार घिसिङ र दोलखा घर भएकी २२ वर्षीया अरुणा थामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल युट्युवमा भदौ १ गते ‘देशद्रोही’ शीर्षकमा सार्वजनिक भएको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डामा आगो लगाई जलाएको, पूर्व राजा तथा पूर्व प्रधानमन्त्री समेतको तस्बिर जलाएको दृष्य छ । त्यस्तै नेपालको राष्ट्रिय झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको छ भने ढाका टोपीलाई अपमानजनक शब्द प्रयोग गरिएको छ । उक्त भिडियोले जातीय द्वन्द्व भड्काउने गरी आपत्तिजनक शब्दावलीहरुको प्रयोग गरी बर्गीय जातीय र साम्प्रदायिक आधारमा घृणा, द्वेष र अवहेलना उत्पन्न गराउने कार्य गरेको प्रहरीले जनाएको छ ।

नेपालको राष्ट्रिय झण्डामा आगो लगाई उक्त दृश्य सामाजिक संजालमा प्रसारण गर्ने व्यक्तिहरूमध्ये उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज र महानगरीय अपराध महाशाखाको बिशेष सकृयतामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित