एसईई परीक्षा विद्यालयकै जिम्मा दिँदा उचित

कोरोना संक्रमणका कारण अन्योलमा रहेको एसईई परीक्षा परिणाम सार्वजनिक भएपछि युवा विद्यार्थीहरूमा रहेको द्विविधा हट्न गएको छ । यसले एक त नेपालको शैक्षिक प्रणालीमाथि उठिरहेको प्रश्न र अर्कोतिर परीक्षा परिणाम र युवाको भविष्य’bout हुने गरेका चर्चा–परिचर्चालाई सहजताको धरातलमा उतारिदिएको छ । पछिल्लो समयमा ग्रेडिङ प्रणाली अपनाएर सबैलाई उत्तीर्ण गराउने नीति लिइएपछि पनि ‘एसएलसी’को धङधङी हटेर गएको देखिएन । प्रणाली नयाँ अपनाउन खोजिनु तर मानसिकता र मनोविज्ञान पुरानै रहनुले युवा विद्यार्थी, शिक्षक र अभिभावकमा असहजताको वातावरण सिर्जना भई नै रह्यो । सरकार र परीक्षा नियन्त्रण कार्यालय पनि अन्योलमा रहे । ग्रेडिङ प्रणालीमा गइसकेपछि कुनै राष्ट्रिय बोर्डले यसको परिणाम मापन गरिरहनुपर्ने आवश्यकता छैन । किनकि कक्षा १० को परीक्षा अन्य कक्षाझैं साधारण र नियमित भएर गइसकेको छ । यसमा समस्या प्रणाली वा प्रक्रियाको होइन, बरु परीक्षा बोर्डका नाममा जति पनि सन्यन्त्र खडा गरिएका छन्, ती सबैलाई कहाँ लैजाने र त्यहाँका कर्मचारीहरू कहाँ थन्को लगाउने भन्ने सरकारमाथि आइपरेको समस्या नै हो ।

परीक्षा बोर्डले गरे पनि र विद्यालयले गरे पनि विद्यार्थीको हैसियत, क्षमता, स्तर र ज्ञानको सीमा घटबढ हुने भन्ने हुँदैन । यसमा अझ विद्यालय आफंैले गरेमा त्यो बढी निष्पक्ष हुने देखिन्छ । किनकि विद्यालयमा समान तहमा अध्ययन गरिरहेका विद्यार्थी एकअर्कालाई राम्रोसँग चिन्न सक्दछन् र एकअर्काको क्षमता पनि आँकलन गर्न सक्दछन् । अपवादबाहेक कक्षाकोठामा निकै जान्ने र परीक्षामा नजान्ने भन्ने हुँदैन । त्यसैगरी, कक्षाकोठामा नजान्ने र परीक्षामा अब्बल भएर निस्कने पनि त हुँदैन । शिक्षकले पक्षपात गरे भन्ने मान्यता राख्ने हो भने आफ्नै विद्यार्थीमाझ गर्ने विभेदका लागि शिक्षकलाई दण्ड दिने व्यवस्था पनि गर्नैपर्छ । अर्को कुरा, अबका दिनमा संघीय संरचनासँगै शैक्षिक जिम्मेवारी पनि स्थानीय तहमा गइसकेको छ । यसलाई हस्तान्तरण गरी सुदृढ र जीवन्त बनाउन जरुरी छ । यसले गर्दा पनि एसईई भनिराख्नुपर्ने जरुरी पनि छैन । कक्षा १० को परीक्षा नै सबैभन्दा उपयुक्त र उत्तम हुन जान्छ । कक्षा सात, आठ र नौ जस्तै कक्षा १० को परीक्षा पनि सहज र सरल बनाइनुपर्छ । यसलाई कुनै पनि डराउन दिने र मनोवैज्ञानिक रूपमा भयभित पार्ने ‘आइरन गेट’का रूपमा परिभाषित गर्न जरुरी छैन । यसका लागि वर्णाश्रम शैक्षिक मनाोविज्ञानभन्दा माथि उठ्न जरुरी छ ।

एसईईसँग जोडिएको अर्को महŒवपूर्ण कुरा हो, विद्यार्थीमाथि आर्थिक दोहन । एसईईका नाममा रटाइ, घोटाइ र चटाइ गर्नका लागि भन्दै निजी तथा सामुदायिक विद्यालयले समेत अनावश्यक महँगो शुल्क लिने, बोडर्स वा डेरा गरिनुपर्ने, शिक्षकलाई ट्युसन फी दिनुपर्ने, अनावश्यक सामग्रीका नाममा पैसा उठाउने गरिँदै आएको छ । यो सबै आर्थिक दोहनका लागि अतिरिक्त क्रियाकलाप मात्र हो । विद्यालयमा पढाएर विद्यार्थी सफल गर्ने÷गराउने दायित्व पूरा गर्न नसक्ने तर ट्युसन पढाएपछि पास हुने अवस्था सिर्जना गर्ने गैरजिम्मेवार कुराबाट शिक्षक र विद्यालय सतर्क हुनैपर्छ । अर्कोतिर अन्तरविद्यालय प्रतिस्पर्धा, कसको विद्यार्थीले टप्यो, अर्को साल भर्ना कति हुन्छ आदिजस्ता दुहुनो गाई बटुल्ने सोच सर्वथा अस्वीकार्य छ । यो महारोग अबको विद्यालयमा हस्तान्तरण गरिँदै गरिएको कक्षा १० को परीक्षा प्रणालीले अन्त्य गरिदिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज पनि विहानैदेखि मान्यजनवाट टीका र जमरा लगाउन जानेहरुको चहलपहल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा हार स्वीकारेर घर पुगेका उम्मेदवार ३ मतले विजयी भएपछि...