पर्सामा कोरोनाको कारण २४ घण्टा नबित्दै ३ जनाको मृत्यु

सांकेतिक तस्वीर

वीरगन्ज । विभिन्न कामले भारतसँगको सीमा वारपार गर्ने र अटेरहरुको कारण अध्याधिक कोरोना संक्रमण फैलिँदा वीरगन्ज क्षेत्रमा शुक्रबार मध्यान्हदेखि शनिबार बिहानसम्म कोरोनाका कारण ३ ज्यानको ज्यान गइसकेको छ । शुक्रबार दिउसो १ बजेर ३० मिनेटदेखि शनिबार बिहान सवा ७ बजेको अन्तरालमा ३ जनाको ज्यान गएको हो ।

ज्यान जानेहरु मध्ये २ जना वीरगन्ज बजार क्षेत्र भित्रका र एक जना पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुवरीका रहेको नारायणी अस्पतालले जनाएको छ । मृतकहरु वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका ५८ बर्षीय पुरुष, वडा नम्बर १० रानीघाटका ४८ बर्षीय पुरुष र बहुदरमाई नगरपालिका डोकैला बहुअरीका ६१ बर्षीय पुरुष रहेको अस्थायी कोभिड बिशेष अस्पतालका गण्डकका इन्चार्ज डा निरज कुमार सिंहले बताए । मृतकहरुको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको उनको भनाइ छ ।

मृतक तीनै जनामा पुराना दीर्घरोगी
मृतकहरुमा डाइविटिज, मुटुको रोगजस्ता दीर्घरोगहरु पनि रहेको थियो । त्यसमा कोरोना थपिएपछि उपचार गर्ने क्रममा निधन भएको डाक्टर सिंहले बताए । शुक्रबार दिउसो डेड बजे तिर ४८ बर्षीय पुरुषको, साँझ ८ बजेर ५ मिनेटमा ५८ बर्षीय र शनिबार बिहान सवा ७ बजे अर्का ६१ बर्षीय पुरुषको गरी छोटो समयको अन्तरालमा तीन जनाको मृत्यु भएको उनको भनाइ छ । अस्पतालमा भर्ना भएकाहरु मध्ये ६ जना बिरामीहरुको अवस्था राम्रो नभएको अस्पतालले जनाएको छ । त्यसमा पनि २ जनाको अवस्था निकै गम्भिर रहेको डा सिंहले बताए ।

पर्सामा मात्र मृतकको संख्या २८ पुग्यो
श्निबार बिहान मृत्यु भएका विर्ताका ६१ बर्षीय पुरुष सहित पर्सामा कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या २८ पुगेको छ । अझ कोरोनाको कारण मृत्यु भएका एक वेवारिसे पुरुषको भने अझै पहिचान खुल्न नसकेको बुझिएको छ ।

यता वीरगन्जमा नै उपचार गर्न ल्याएका रौतहटका २ र बाराका पनि ५ मृतकको संख्या पनि जोड्ने हो भने उपचारका क्रममा वीरगन्जमा मृत्यु हुनेको कुल संख्या ३६ पुगेको छ । ती सबैमा कोरोना पोजेटिभ देखिएको र केहीको मृत्यु पश्चात कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाको पनि खुल्यो खाता, गोडैतामा यादव र कुशवाहा निर्वाचित