लिदीका पहिरो पीडितलाई तत्काल अस्थायी टेण्टमा राखिने

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदीमा ३९ जनाको ज्यान जाने गरी आएको पहिरोबाट विस्थापितहरुलाई सुरक्षित रुपमा राख्नका लागि गृहकार्य सुरु गरिएको छ ।

गाउँपालिका र जिल्ला विपद व्यवस्थापन समितिले लिदी पहिरो पीडितहरुबाट विस्थापितहरुलाई जुगल गाउँपालिका–१ सेलाङमा रहेको बासखर्क सामुदायिक वन क्षेत्रमा राख्नका लागि गृहकार्य सुरु गरिएको हो ।

पहिरोबाट विस्थापितहरुलाई वनको खाली जग्गामा अहिले अस्थाई रुपमा टेण्टमा राख्न लागिएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए । ‘लिदीका पहिरो पीडितहरुले आफुहरुलाई छिटोभन्दा छिटो सुरक्षीत स्थानमा रखिदिनका लागि आग्रह गर्नु भएको छ,’ अध्यक्ष श्रेष्ठले भने ‘पहिला हामी एक परिवारलाई एउटा टेण्टमा राख्छौ ।’

बाँसखक क्षेत्रमा अहिले पीडितहरुलाई क्याम्प बनाएर राख्ने र त्यसको सबै व्यवस्थापन गाउँपालिका र जिल्ला विपद व्यवस्थापन समितिले गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाालले जानकारी दिए । पीडितहरुलाई राखिने क्षेत्र सामुदायिक वनको स्वामित्वमा भएपनि अहिले पीडितहरुलाई अस्थाई रुपमा मात्रै राख्न लागिएको ढकालले जानकारी दिए ।

पीडितहरुलाई अब स्थाई रुपमा कसरी व्यवस्थापन गर्ने भनेर प्रदेश,केन्द्र सरकार सँग समन्वय गरिने छ । जिल्ला विपद व्यवस्थापन समितिले अस्थाई रुपमा पीडितहरुलाई राख्नका लागि ९८ थान चाइनिज टेण्ट उपलब्ध गराएको छ । खानेपानी शौचालय,सुरक्षा ,स्वास्थ्य लगायतका सबै पुर्वाधारहरु अस्थाई रुपमा नै तयारी गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पीडितहरुलाई अब स्थाई रुपमा कसरी व्यवस्थापन गर्ने भनेर प्रदेश,केन्द्र सरकार सँग समन्वय गरिने छ । जिल्ला विपद व्यवस्थापन समितिले अस्थाई रुपमा पीडितहरुलाई राख्नका लागि ९८ थान चाइनिज टेण्ट उपलब्ध गराएको छ

गाउँपालिकाको पहिलो प्राथामीकतामा लिदीमा ज्यान गुमाएका ११ घरपरिवार र २९ घर पहिरोले पुरीएकाहरुलाई ल्याउन सुरु गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘हामीले लिदीका सबै आउन चाहानुहुन्छ भनेपनि सबैलाई ल्याउन तयार छौ, हामी जर्बजस्ती गर्ने पक्षमा छैनौ ।’ अध्यक्ष श्रेष्ठले भने–‘असुरक्षीत रुपमा नबसौ,सुरक्षीत स्थानमा बस्नका लागि आग्रह गरेका छौ ।’

स्थायी रुपमा बाँसखर्कमा नै राख्नका लागि अध्ययन सुरु

लिदीका पहिरो पीडितहरुलाई स्थायी रुपमा नै त्यही राख्नका लागि सिन्धुपाल्चोकबाट निर्वाचीत जनप्रतिनिधिहरु राजनीतिक दलका नेताहरुले पहल सुरु गरेका छन् । भुकम्पको समयमा पनि विस्थापित भएकाहरुलाई अस्थाई रुपमा बाँसखर्कमा नै ल्याएर राखिएको थियो । पछि केही परिवारलाई अक्सफम र जनहित ग्रामीण सेवा समितिले पुननिर्माण प्राधिकरण सँग समन्वय गरेर जग्गा खरिद गरेर घर निर्माण गरिदिएको थियो ।

वागमती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल,नेकपा केन्द्रीय सदस्य माधव सापकोटा,प्रदेशका नेता सरल सहयात्री,गाउँपालिका लगायतको जनप्रतिनिधिको टिमले विस्थापितहरु लाई अस्थाई रुपमा राखिने क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

‘अब विस्थापितहरुलाई स्थाई रुपमा नै यही राख्नुपर्छ,त्यसका लागि हामीले पहल सुरु गरेका छौ ।’ नेकपाका युवा नेता माधव सापकोटाले भने । विस्थापितहरुलाई राखिने क्षेत्र सरकारी स्वामित्वको भएपनि सरकार सँग जग्गा सट्टापट्टा लगायतको सरकारी प्रक्रिया सुरु भएको उनले बताए ।

‘लिदीमा बिस्थापितहरुको जग्गा कति रहेछ ,नापी र मालपोतले त्यसको तथ्यांकन संकलन गर्ने र त्यही बराबरको जमिन पीडितहरु लाई दिने तर्फ हामी अघि बढेका छौ ।’ सापकोटाले भने ‘लिदीको व्यक्तिगत जग्गा सरकारी नाममा गरिदिने र बाँसखर्कको जग्गा सरकारको नाममा गरिदिने यही प्रक्रियाबाट हामी अघि बढ्छौ ।’ सापकोटाले भने ।
विस्थापितहरुलाई सुरक्षीत रुपमा राख्ने सँगै आयआजर्नका गतिविधिहरु पनि सँगै हुने गरी योजना बनाइएको वागमती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले जानकारी दिए । ‘एउटा घर मात्रै भन्दा पनि विस्थापितहरु लाई दिर्घकालिन रुपमा आयआर्जन सँग जोडिने गरी योजना बनाएका छौ ।’ नेपाले भने भने ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६५ प्रतिशत मत खस्यो