सिरहामा ८ दिनमा १० जनाको शंकास्पद मृत्यु

सिरहा । सिरहा जिल्लाको ४ स्थानीय तहमा ८ दिनमा १० जनाको संकास्पद मृत्यु भएको छ । नवराजपुर, सखुवानन्कारकट्टी, भगवानपुर र लक्ष्मीपुर पत्तारी गाउँपालिकामा पछिल्लो ८ दिनमा २५ देखि ५५ वर्षका १० जनाको मृत्यु भएको हो ।

आइतबार साँझ पनि सखुवानन्कारकट्टी गाउँपालिका–१ भोर कटैयागाउँका परमेश्वर मुखियाका करिब २८ वर्षीय छोरा दिपेश मुखियाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । ‘मृत्यु हुनुअघि स्वाब परीक्षण गर्दा उनमा कोरोना नेगेटिभ देखिएको थियो । उनको के कारण मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन’, मृतकका परिवारलाई उदृत गर्दै वडाध्यक्ष शुभनारायण यादवले भने । शव गाउँ ल्याउने तयारी भइरहेको बताए ।

वडाध्यक्ष यादवका अनुसार आइतबार बिहान करिब ४ बजेतिर कटैयागाउँका ५५ वर्षीय कुशेश्वर मुखियाको पनि मृत्यु भएको थियो । उनकै छिमेकी बिहारी मुखियाका छोरा ३८ वर्षीय रामउद्गार मुखियाको पनि आइतबार बिहान १० बजेतिर उपचारका लागि लहान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए । ‘गाउँबाट खबर आएपछि आइतबार बिहान ११ बजेतिर स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेका थियौं’, उनले भने, ‘बिरामीले बान्ता गर्नुका साथै पेट दुख्ने र रिङ्गटा लाग्यो भन्दै छट्पटाएका थिए । तत्काल उपचारका लागि लहान पठाए पनि बाटोमै मृत्यु भएको खबर पाएँ ।’

दुई दिन अघि शुक्रबार दिउँसो कटैया गाउँकै गंगाई यादवका छोरा करिब ३६ वर्षीय अरबिन्द यादवको पनि मृत्यु भएको थियो । मृतकहरुले मदिरा सेवन गर्ने गरेको जानकारी पाएको उनको भनाइ छ । विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने स्थानीयले आसंका गरेको उनको भनाइ छ ।

यस्तै लक्ष्मीपुर पत्तारी गाउँपालिका क्वारेन्टाइनमा कार्यरत्त २८ वर्षको कृष सदायको पनि भुमिट र टाउको दुखने जस्ता सामान लक्षण भई उचारकै क्रममा मृत्यु भएको छ ।

त्यस्तौ सिरहाको लक्ष्मीपुर पतारी-६ सलोखरी बस्ने कपिल देब यादवको छोरा ३० बर्षको किरण कुमार यादवको पनि मृत्यु भएको थियो । मृतकहरुले मदिरा सेवन गर्ने गरेको जानकारी पाएको स्थानीय गोपाल यादवको भनाइ छ । विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने स्थानीयले आसंका गरेको उनको भनाइ छ । किरण कुमार यादवको पनि पोष्टमार्टम नगरी दाहसंस्कार गरिएको छ ।

त्यस्तै नवराजपुर गाउँपालिका–३ फूलबरिया गाउँको शिवचोक नजिकै घर भएका करिब ४० वर्षीय नागेन्द्र मरिक र उनका आफन्त २५ वर्षीय रामउ्दगार मरिकको पनि मृत्यु भएको गाउँपालिका उपाध्यक्ष शोभाकुमारी यादवले बताइन् । उपाध्यक्ष यादवका अनुसार रामउद्गारको बुधबार र नागेन्द्रको शुक्रबार मृत्यु भएको हो ।

यसअघि गत आइतबार २५ वर्षीय अरबिन्द यादवको पनि मृत्यु भएको उनले बताइन् । उनका अनुसार तीन जना कसैको पनि पोष्टमार्टम नगरी दाहसंस्कार गरिएको छ । स्थानीयका अनुसार उनीहरु अत्यधिक मदिरा सेवन गर्थे । त्यसैगरी नागेन्द्र मरिकसँगै रक्सी खाएको भगवानपुर गाउँपालिका वडा नं. २ को ४० बर्षको बौकु मरिक पनि मृत्यु भएको छ ।

मृत्युको ’boutमा कतैबाट पनि जाहेरी नआएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता डिएसपी विनोद कुमार घिमिरेले बताए । भोरकटैयाको ’boutमा अनुसन्धान भइरहेको डिएसपी घिमिरेले जानकारी दिए । ‘मातहतको प्रहरी युनिट परिचालन गरी अनुसन्धान थालेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान