टाइम्स र ऋतलाई उपाधि

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत फुटसलमा मंगलबार च्याम्पियन बनेका छन् । टाइम्स ब्वाइज तथा ऋत गल्र्समा पहिलो भए ।

माकलबारीस्थित मनकामना फुटसलमा भएको ब्वाइज फाइनलमा टाइम्सले समृद्धिलाई १–० गोलले पराजित ग¥यो । गल्र्सको उपाधि भिडन्तमा ऋतले जेभियर इन्टरनेसनल कलेजलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । विजेतालाई केन्द्रीय हिसानका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा १८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्समा नौ टिमले लिग कम नकआउट आधारमा खेलेका थिए ।

काठमाडौं हिसानद्वारा आयोजित खेलकुद सप्ताहमा फुटसलसहित बास्केटबल, भलिबल, टग अफ वार र टेबलटेनिस गरी पाँच खेलमा प्रतिस्पर्धा भएको थियो । बास्केटबलको ब्वाइजमा जेभियर र गल्र्समा साइपाल एकेडेमी पहिलो भएका थिए । भलिबलको ब्वाइजमा गीताञ्जली र गल्र्समा ग्रिनफिल्डले उपाधि जिते । टग अफ वारको ब्वाइजमा जया मल्टिपल कलेज र गल्र्समा ऋत एकेडेमीले शीर्ष स्थान हात पारेका थिए । सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भएको टेबल टेनिसको ब्वाइजमा आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपाली र गल्र्समा लिभरपुल इन्टरनेसनल कलेजकी मञ्जु सुवालले स्वर्ण जितेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महानगरको सुकुमुबासी बस्ती हटाउने कार्यमा भूमि आयोगले रोक लगायो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९