‘कोराना संक्रमणमुक्त भएकासंग दोस्ती कायम गरौं’

काठमाडौं । कोरोना भाइरस संक्रमणमुक्त भएकाहरुलाई अपमान होईन सम्मानपूर्वक व्यवहार गर्नुपर्ने विज्ञहरुले बताएका छन् । संक्रमणमुक्त भएकालाई अंकमाल गर्दा केहि फरक नपर्ने विज्ञहरुको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले संक्रमितहरुलाई हेला गर्न नहुने बताए । उनले भने, ‘कोरोना भाइरस लागेको व्यक्तिलाई हेप्नुहुँदैन । अनादर गर्नुहुँदैन, हामी पनि त्यो अवस्थामा पुग्न सक्छौं । कोरोना लाग्नु भनेको ठुलो अपराध जस्तै मानिएको छ, त्यसो होईन ।’

राजधानी राउण्ड टेवल

उनले संक्रमण दिनप्रतिदीन फैलिरहेको भन्दै यो बेला भेला, जमघट लगायतका कृयाकलाप गर्नु आत्मघाती रहेको बताए । उनले भने,‘अधिकांश जिल्लाहरुमा छिटपुट छ । केहि जिल्लामा खास खास ग्रुप (स्वास्थ्यकर्मी, प्रहरी, बैंकका कर्मचारी) मा कोरोना देखिएको छ । क्लस्टर क्लस्टरमा संक्रमण देखिएको छ ।’ क्लस्टरमा नियन्त्रण गर्न नसकिए संक्रमण समुदायमा फैलिन सक्ने बताए । उनले टेष्टिङको दायरा फराकिलो बनाएको भन्दै जोखिमयुक्त स्थानहरुमा परीक्षण भइरहेको बताए ।
जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले संक्रमणमुक्त भएको व्यक्तिलाई सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘कुनैपनि व्यक्ति संक्रमणमुक्त भएको छ भने सो व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्दैन । यदी हामी संक्रमित भयौं भने उसको प्लाज्मा हामीलाई काम लाग्न सक्छ । संक्रमितलाई माया गर्नुपर्छ । सम्वन्ध कायम गर्नुपर्छ । खोजि खोजि अंकमाल गर्नुपर्छ ।’

कोरोना भाइरस संक्रमण भएको व्यक्तिलाई हेप्नुहुँदैन । अनादर गर्नुहुँदैन, हामीपनि त्यो अवस्थामा पुग्न सक्छौं । कोरोना लाग्नु भनेको ठुलो अपराध जस्तै मानिएको छ, त्यसो होईन  : प्रा.डा.जागेश्वर गौतम, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

संक्रमित पहिचान गर्न कोरोना परिक्षणलाई व्यापक बनाउनुपर्ने वताए । उनले भने, ‘जोखिम भएकाहरु (सुकुम्वासी बस्ती, तरकारी बजार, डिपार्टमेन्ट स्टोर, मासुपसल, मजदुर लगायत) लाई खोजेर धेरै भन्दा धेरै परीक्षण गर्नुपर्छ । यस्तै, धेरै भन्दा धेरैको कन्टयाक्ट ट्रेसिङ गर्न आवश्यक छ ।’

महामारीको समयमा कोरोना परीक्षण गर्दा निशुल्क व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘परीक्षणका नाममा शुल्कमा एकरुपता छैन । यदि निजी ल्यावलाई परीक्षण गर्न दिने हो भने शुल्क घटाउनुपर्छ ।’

हाल देशभर सकृय संक्रमितको १४ हजार दुई सय ५० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार आठ सय ५५ जना संक्रमित थपिएका छन् । हाल १० हजार चार सय ५३ जना क्वारेन्टाईनमा बसेका छन् ।

कुनैपनि व्यक्ति संक्रमणमुक्त भएको छ भने सो व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्दैन । यदी हामी संक्रमित भयौं भने उसको प्लाज्मा हामिलाई काम लाग्न सक्छ । संक्रमितलाई माया गर्नुपर्छ । सम्वन्ध कायम गर्नुपर्छ । खोजि खोजि दोस्ती गर्नुपर्छ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

संक्रमित मध्ये हालसम्म एक सय ६४ जनाको मृत्यु भएको छ । पछिल्लो केहि दिनयता लक्षण सहितका संक्रमितहरु देखिन थालेका छन् । लक्षणसहितका संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर एक सय ६३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार १३ जना भेन्टिलेटरमा र एक सय ५० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ६० जना र १३ जना भेन्टिलेटरमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

मुस्ताङको होटेलबाट जेनजी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ