विकासमा नयाँ मोडल

नेपाल विद्युत् प्राधिकरणले उपत्यकामा हालसम्म खुला पोलमार्फत बाहिरैबाट भइरहेको विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न थालेपछि विकास निर्माणमा केही नयाँ मोडल देखापर्ने भएको छ । यसका लागि वितरण प्रणाली स्वचालित बनाउन ‘फिल्ड रिमोट टर्मिनल युनिट’ जडान हुने भएको छ । यो प्रणालीको प्रयोगपछि राजधानी सहरको सान र सौन्दर्यमा पनि निकै फरक आउने देखिन्छ । स्वचालित प्रणाली नियन्त्रण गर्न स्युचाटार र कलंकीमा ‘डिस्ट्रिब्युसन कन्ट्रोल सेन्टर’ निर्माण गरिने तयारी भइरहेको छ ।

यो प्रणालीमार्फत विद्युत् वितरण आफंैमा जोखिमरहित हुने र त्योभन्दा बढी विद्युत् वितरण प्रणाली स्वचालित हुन जानेछ । यसले विद्युत् सेवामा दिगोपन, ढुक्कता र नियमितता ल्याउने देखिन्छ । यो प्रणाली लागू गर्नका लागि होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ प्रविधिबाट सडक एक ठाउँमा प्वाल पारेर धेरै परसम्म वितरण लाइन भूमिगत रूपमा बिछ्याइने तयारी गरिएको छ । ड्रिलिङ गर्ने स्थानमुनि अन्य संरचना भए÷नभएको पत्ता लगाउन अध्ययन कार्यलाई हाल तीव्रताका साथ अघि बढाइएको छ । यो कार्य नेपालका लागि पहिलो प्रयोग भएकाले पनि यसमा सम्बन्धित पक्षको चासो र चिन्ता उत्तिकै रहेको देखिन्छ ।

विद्युतीय प्रसारण प्रणाली भूमिगत बनाउनका लागि मुख्य तथा सहायक र विस्तार गरी तीन क्याटेगोरीमा क्षेत्रहरू निर्धारण गरी कामको थालनी हुनुले सम्भाव्यतालाई बढाएर लगेको छ । पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको लाइन भूमिगत गरी राजधानीको मुटुबाट यसको व्यवस्थापनको थालनी हुने भएको छ । जटिल भौतिक पूर्वाधार निर्माणको यो क्षेत्रमा ढलनिकास छलेर भूमिगत विद्युतीय व्यवस्थापन गरिँदै छ । यसका लागि फुटपाथमुनि यसको व्यवस्थापन उत्तम हुने ठहर गरिएको देखिन्छ । नयाँ प्रविधिको प्रयोग र त्यसबाट उपलब्ध गराइने विद्युतीय सेवा अबका दिनमा राजधानीवासीका लागि नौलो नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केईआई इन्डस्ट्रिज लिमिटेडका बीचमा भएको सम्झौताअनुसार यो कार्यलाई अघि बढाइएको छ । यसका लागि एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ ।

विद्युतीय प्रसारण लाइनको भूमित व्यवस्थापनपछि राजधानी सहरमा एकस्तरको स्ट्यान्डर्ड कायम हुनेछ । यसले सहरको सौन्दर्यलाई अझै बढाउनेछ । हाल सडकको ’round रहेका खुला पोल र तीमाथि झुन्ड्याइएर जोखिमपूर्ण अवस्थामा व्यवस्थापन गरिएका विद्युतीय लाइनबाट अब तर्सिइराख्नुपर्ने अवस्थाको अन्त्य हुने देखिएको छ । पर्यटकहरूले आफ्ना टाउकामाथि झुन्डिएका तारहरू ठक्कर लाग्दा सेल्फी खिचेर आआफ्ना फेसबुकमार्फत सेयर गर्ने दिनको पनि यो व्यवस्थापनसँगै अन्त्य हुने देखिएको छ । यो व्यवस्थापनसँगै करिब ४ सय किलोमिटर क्षेत्रमा ४ सय भोल्ट लाइन भूमिगत लाइन निर्माण गरिँदा यो क्षेत्रमा २ सय ५० किलोमिटरभित्र अप्टिकल फाइबल बिछ्याइनेछ । विद्युतीय प्रसारण लाइन भूमिगत बनाउने कार्यसँगै प्राधिकरणले इन्टरनेट, केबल टेलिभिजन, दूरसञ्चारलगायत सेवा प्रदायक कम्पनीका लागि अप्टिकल फाइबर बिछ्याउन योजना जोडर ल्याएको छ ।

काठमाडौं जिल्लाका मुख्य मुख्य स्थानहरूका साथै दोस्रो चरणको कार्यअन्तर्गत ललितपुर र भक्तपुरका मुख्यमुख्य सडकमा विद्युतीय तार भूमिगत बनाउने र फाइबर बिछ्याउने कार्यले तीव्रता पाउने देखिन्छ । सरकारको यो पछिल्लो कामले जनतालाई दिनुपर्ने सेवाका कामहरूमा ध्यान जान थालेको टिप्पणी पनि खुलेर गर्न थालिएको छ । यो कामलाई यथासमयमा नै पूरा गरियोस् भन्ने जनताको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा