संज्ञानात्मक मनोवैज्ञानिकको एक समूहले निकै अनौठो एउटा प्रयोग गरे । प्रयोगको दौरानमा उनीहरूले पाँचवटा बाँदरलाई ठूलो पिँजडाभित्र राखे र पिँजडाको बीचमा एउटा सिँढी ठड्याएर माथि केराको घरी झुन्ड्याइदिए ।
मनोवैज्ञानिकले अनुमान गरेअनुसार नै एउटा बाँदरको नजर केरामा प¥यो । अनि ऊ बुरुक्क उफ्रिँदै सिढी चढ्न थाल्यो । त्यसैबेला उक्त बाँदरलाई माथिबाट चिसो पानीको फोहोराले हानियो । शरीरमा चिसो पानी जोडले बज्रिएपछि बाँदर अत्तालिँदै तल झ-यो ।
यो प्रयोग अगाडि बढ्यो । मनोवैज्ञानिकले केरा छोप्न गएको बाँदरको गल्तीको सजाय अरू बाँदरलाई पनि चिसो पानीको फोहोराले हानेर दिइयो । चिसो पानीले निर्थुक्क रुझेका बाँदरहरू थर्थरी काम्दै कुनामा कुक्रुक्क परेर बसे ।
सिढीमाथि केराको घारी छ । निकै भोक लागेको छ । बाँदरहरू कति बेरसम्म थुक निल्दै बस्न सक्थे र † केही समयपछि अर्को बाँदरले यताउति हे-यो र केरा छोप्न सिढीतिर दौडियो । माथिबाट चिसो पानीको फोहोराले हानियो । शरीरमा चिसो पानी जोडले बज्रिएपछि त्यो बाँदर पनि अत्तालिँदै तल झ¥यो । केरा छोप्न गएको बाँदरको यस गल्तीको सजाय पहिलाझैं अरू बाँदरलाई पनि चिसो पानीको फोहोराले हानेर दिइयो । फेरि पनि बाँदर थर्थर काम्दै कुनामा कुक्रुक्क परेर बसे ।
केही समयपछि तेस्रो बाँदर केरा छोप्न सिढी के चढ्न थालेको थियो, पिँजडाभित्र आश्चर्यचतिक घटना घट्यो, बाँकी बाँदर आत्तिदै (यो माथि चढ्यो भने फेरि चिसो पानी रुझ्नुपर्छ भन्ने डरले ) दौडिए र सिँढी चढ्न थालेको बाँदरको खुट्टा समाएर तल्तिर पछारे ।
प्रयोगले नयाँ मोड लियो । मनोवैज्ञानिकले पिँजडाभित्र भएका बाँदरमध्ये एकलाई बाहिर निकाले र एक नयाँ बाँदरलाई भित्र हुले । नयाँ बाँदरलाई भित्रको नियम थाहा थिएन । अनि ऊ केरा छोप्न उफ्रिँदै सिढी चढ्न के लागेको थियो, अन्य बाँदर एकैसाथ ऊमाथि झम्टिए र उसलाई भुइँमा थेचारे ।
हरेक नयाँ पालैपालो पिँजडाभित्र पस्छन् अनि पुरानाले जे सिकाउँछन्, त्यही कुरा उनीहरूले अर्को नयाँलाई सिकाउँछन्
नयाँ बाँदर आश्चर्यचकित थियो । उसलाई केही समझ आइरहेको थिएन । माथि केराको सिंगै घरी छ तर यिनले न त आफूले खाएका छन्, न त उसलाई खाना दिएका छन् । पछि उसलाई लाग्यो, त्यो केरा सिर्फ देखाउनका लागि हो, खानाको लागि होइन । अनि त्यो बाँदर पनि अन्य बाँदरसँगै केरा हेरेर बस्न थाल्यो ।
यसपछि मनोवैज्ञानिकले एक अर्को बाँदरलाई बाहिर निकाले र एक अर्को नयाँ बाँदरलाई पिँजडाभित्र हुले । उक्त नयाँ बाँदर पनि केरा छोप्न के दौडिएको थियो, बाँकी बाँदरले उसको रामधुलाई गरे । अचम्मको कुरा के भने यस धुलाइमा यसअघि भित्र गएको नयाँ बाँदर पनि सामेल थियो । जब कि उसको शरीरमा एक थोपा पनि चिसो पानी परेको थिएन ।
प्रयोगको अन्तमा, सबै पुरानो बाँदर पालैपालो बाहिर निकालियो र अब पिँजडाभित्र पाँच नयाँ बाँदर थिए, जसको जिउमाथि एक थोपा पनि चिसो पानी परेको थिएन । तर, साह्रै अचम्म लाग्दो कुरा के भने ती नयाँ बाँदरको आचारव्यवहार ठीक पुराना बाँदरको जस्तै थियो । एक अर्काले कसैलाई पनि केरा छोप्न दिदैनथे । कुनै बाँदर झुक्किएर केरा छोप्न गयो भने सबै मिलेर भकुर्थे । बाँदरको मनमा यस्तो विश्वास पूर्वाग्रह गढेको थियो कि केरा छोप्नु भनेको खतरा निम्ताउनु हो । डरले उनीहरू डरको उपदेशक बनेका थिए । नयाँले त्यही सिकिरहेका थिए ।
हरेक मानिसको मनमा पनि यसरी नै विश्वासको सफ्टवेयर निर्माण हुन्छ, जसलाई विश्वास प्रणाली भनिन्छ । यस विश्वास प्रणाली निजको सोचविचार, शिक्षादीक्षा, व्यवहार तथा वातवरणले निर्माण गर्छ । मनोविज्ञान भन्छ, यस विश्वास प्रणालीले नै करिबकरिब मानिसको जीवन निर्धारण गर्छ । त्यो ’cause मानिसको हरेक निर्णय प्रक्रियामा विश्वास प्रणालीको ठूलो हात रहन्छ ।
विश्वास प्रणालीका कारण नै मानिसले प्रायःजसो गलत निर्णय गर्छन्, त्यो ’cause यस्ता निर्णय तर्क, तथ्य तथा प्रमाणमा भन्दा पनि विश्वास र परम्परामा आधारित हुन्छन् । यसलाई संज्ञानात्मक मनोविज्ञानमा विश्वास पूर्वाग्रह भनिन्छ । यो विश्वास पूर्वाग्रह हाम्रो पारिवारिक, समाजिक तथा राजनीतिक व्यावस्थामा नियम भएर बसेको छ ।
राजनीतिक पार्टीका आमकार्यकर्ताले आफ्नो पार्टीले गरेका हरेक निर्णय सही ठान्ने र अन्य पार्टीले गरेका हरेक निर्णय, आफ्नो पार्टीले गरेको निर्णयभन्दा फरक छन् भने गलत ठान्ने प्रवृत्तिमा यही विश्वास पूर्वाग्रहले काम गरेका हुन्छ । नेपाली राजनीतिमा विश्वास पूर्वाग्रह यति चरम छ कि आफ्नो नेताले २ प्लस २ बराबर ५ हुन्छ भने भने पनि त्यसमाथि विश्वास गरी जबरजस्ती प्रमाणित गर्ने प्रयास गरिन्छ ।
समाजमा विभेदको जन्मदाता पनि यही विश्वास पूर्वाग्रह हो । भोलिपर्सि सुधार हुँदै जाला । केही सुधार पनि भएको छ । तर, अहिलेको अवस्थामा कसैले जतिसुकै क्रान्तिकारी कुरा गरे पनि समाजिक यथार्थ भन्ने भिन्न छ । के कुनै बाहुनले खुसीखुसी दलितको छोरालाई छोरी दिन्छ ? के छोरालाई दलितको छोरी माग्न जान्छ ? छोराले दलितको छोरी भगाएर ल्यायो भने खुसी हुन्छ ? के छोराले ल्याएको दलितको छोरीलाई घरभित्र पस्न दिन्छ ?
यो विश्वास पूर्वाग्रहबाहिर मात्र होइन, दलितभित्र पनि देखिन्छ । कामी पनि आफ्नो छोराका लागि दमाई वा सार्कीको छोरी माग्न जाँदैन । सुनको पेसा गर्नेले आरन चलाउनेलाई त्यो कामी हो, म सुनार हँु, त्योभन्दा म ठूलो हुँ भन्ने संज्ञानात्मक पूर्वाग्रह अहिले पनि मनग्गे छ ।
मानिसमा विश्वास पूर्वाग्रह रातरात विकास हुने होइन, अधिकांश मानिसलाई आफूमा विश्वास पूर्वाग्रह विकसित हँुदै गएको छ भन्ने पत्तोसमेत हुँदैन । जस्तो कि मानिस पनि एकैचोटि होइन, बाँदरझैं पालैपालो पिँजडाभित्र पस्छन्, पुरानाले जे सिकाउँछन्, त्यही सिक्छन् र जे सिकेका छन्, नयाँलाई त्यही सिकाउँछन् । यसरी नै हाम्रो घरपरिवार, समाज तथा राजनीति चलिरहेको छ ।
नेपालको दलीय राजनीति त झन् काटीकुटी ठ्याक्कै यस्तै छ । त्यसैले संसार बदल्छु भन्दै मुठी कसेर राजनीतिमा होमिएको एक इमानदार युवक कालान्तरमा भ्रष्टाचारको दलदलमा रमाउनुको कारण पनि यही हो । त्यो ’cause पार्टीको उच्च पद र सत्तामा पुगेपछि उसले सिक्ने भनेको नै शासन गर्न पद र पावर चाहिन्छ । पुनः सत्तामा आउन पैसा चाहिन्छ भन्ने हो । पैसाका लागि भ्रष्टाचार गर्नु सत्ता राजनीतिको सामान्य नियम नै हो ।
हिजोका युवा प्रचण्डलाई आज हेर्नुहोस् । हिजोका युवा शेरबहादुर, केपी शर्मा ओली र माधव नेपाललाई मात्र होइन, अहिलेका युवा योगेश भट्टराई तथा घनश्याम भुसाललाई आज हेर्नुहोस् । तस्बिर छर्लंगै छ ।
नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पार्टीको पदाधिकारी भएपछि कके सिक्दै र केके गर्दै छन् भन्ने कुरा भनिरहनु नपर्ला । त्यसो त उनी एक्लैले गर्न सक्ने पनि होइन । त्यो ’cause पारिवारिक, समाजिक तथा राजनीतिका यस्ता कुसंस्कारलाई भत्काउन त्यति सजिलो छैन, जति सजिलो पहिला लाग्ने गर्दछ । त्यसैले बेलाबेलामा राजनीतिका यस्ता कुसंस्कारको पर्खाल भत्काउँछु भन्दै गर्जिने नेपाली कांग्रेसका अर्का युवा नेता गगन थापाले ठीक समयमा भावनात्मक समर्थता देखाउन सकेनन् भने आफैं भत्किएर देउवाकै साइजमा नआउलान् भन्न सकिन्न ।






