कोरोना जितेर फर्किएका अमिताभले गरे छायांकन

मुम्बई । कोरोना संक्रमणबीच पनि अहिले भारतमा फिल्म तथा विभिन्न टेली चलचित्र र टेली कार्यक्रममा छायांकन भइरहेका छन् । यसैक्रममा बलिउड कलाकारहरू पनि छायांकनमा उत्रिएका छन् ।

दुई साताअघि कोरोना जितेर घर फर्किएका बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो कार्यक्रमको छायांकन सम्पन्न गरेका छन् । कोरोनालाई जितेपछि फेरि छायांकनमा फर्किएका उनले यसपटक पूर्ण सावधानी अपनाएर छायांकन सम्पन्न गरे । यसअघि पनि टेलिभिजन कार्यक्रम छायांकन गरेपछि कोरोना संक्रमित बनेका उनी अहिले पूर्ण सुरक्षित भएर छायांकन सकेको बताएका छन् ।

आफूले सञ्चालन गर्दै आएको आईक्यूसम्बन्धी रियालिटी सो ‘कौन बनेगा करोडपति–१२’ को छायांकनका केही शृंखला अमिताभले सम्पन्न गरे । सोमबारबाट उनले तीन दिन छायांकन गरेका छन् । छायांकनका क्रमका केही तस्बिर पनि उनले सार्वजनिक पनि गरेका छन् ।

अमिताभ कोरोना संक्रमित भएपछि उनको यो कार्यक्रमको छायांकन रोकिएको थियो । त्यतिबेला एक महिनापछि सारिएको यो कार्यक्रमले अब फेरि नियमितता पाउने भएको छ । सोनी टेलिभिजनको यो चर्चित रियालिटी सोको नयाँ एपिसोड अब दर्शकले हेर्न पाउनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका शिर्ष नेताहरुले आफ्ना पालिका जिताउन सकेनन्