बारा । कोभिड १९ ले गर्दा भारतसँग सिमा जोडिएका सम्पुर्ण नाकाहरु पुर्ण रुपमा बन्द गरिएको छ । दुई देशमा आवतजावत पुर्ण रुपमा बन्द भएपछि सिमा नाकाहरु पुर्ण रुपमा सुनसान देखिएको छ ।
नाकाहरु सिल भएपनि तस्करहरुले भने आफ्ना पेशालाई निरन्तरता दिएका छन् । विगत एक महिना यता जिल्लाका विभिन्न नाकाबाट लाखौ रुपैयाको किराना समान, मोटरसाईकलको पार्टसदेखि नक्कली रुपैया समेतको तस्करी हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउछ । लकडाउनमा लत्ताकपडा, कस्मेटिक समान, केराउ देखि लागु औषध गाजाँ समेत तस्करी हुने गरेको छ ।
खुल्ला बोर्डर भएकाले नियन्त्रणमा कठिनाई भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको भनाई छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले चोरी पैठारी नियन्त्रण गर्न नाकाहरुमा सक्रिय रहेको दावी गरे ।
खुल्ला बोर्डर भएको कारणले खेतमा काम गर्न आउने जाने बाहानमा पनि तस्करी गरेको पाईएको प्रमुख जिल्ला अधिकारी पण्डित बताउछन ।
प्रहरीले भदौ ६ गते महागढीमाई नगरपालिका वडा नम्बर–७ बेनौली स्थित सडकबाट स्रोत नखुलेको १६ लाख रुपैया बरामद गरेको छ । प्रहरीले झोलाबाट नेपाली १ हजार दरको ७ सय ६२ थान र ५ सय दरको १ हजार ६ सय ७६ थान गरी जम्मा १६ लाख नेपाली रुपैयाँ फेला पारेको थियो ।
भदौ ९ गते बारा प्रहरीले अबैध लागु औषध साँढे चार केजी गाँजा सहित २ जनालाई जीतपुरसिमरा उपमहानगरपालिका–८ का ६० वर्षिय सत्यनारायण राम र सोही नगरपालिका १० का ४४ वर्षका राजनाथ दासलाई पक्राउ गरेको छ ।
फेटा गाउपालिका वडा नम्वर १ रजवटिया चौकबाट ना ६ त ४८१८ नं.को ट्रेक्टरमा ११ क्विन्टल केराउ भारत लैजाने क्रममा ट्रेक्टर सहित नियन्त्रणमा लिएको हो । साथै विभिन्न मितिमा २५ किलो चाँदी लताकपडा, १६ वटा चौपाया पक्राउ गरिएको छ ।
नाकाहरुमा आफनो मातहतको युनिटहरुलाई कडा निर्देशन दिएको प्रहरी उपरिक्षक कृष्ण पंगेनी दाबी गर्छन् । नाकामा केही कडाई गर्ने वित्तिकै दुई देशका नागरिकबीच झडप समेत हुने गरेको स्वयं प्रहरी स्वीकार्छन् ।
भारतका केहि व्यतिmको नेपालमा र नेपालका केहि व्यतिmेका भारतमा खेतवारी भएकोले समस्या हुने गरेको प्रहरीको भनाई छ ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले नाकामा कडाई गरेपनि तस्करहरुले निर्वाध प्रवेशले शान्ति सुरक्षा व्यवस्थामा प्रश्न चिन्ह खडा गरेको नागरिक अगुवाहरुको तर्क रहेको छ । भारतबाट कोचर्वा, सिम्रौनगढ, बेल्दारी, कवहिगोठ, मटिअर्वा, विश्रामपुर गाउपालिकाबाट नेपाल प्रवेश गर्ने नाकाहरु रहेको छ ।