बैतडीका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी । बैतडीका थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार थप भएकाहरुमा पाटन नगपालिकाका १८, दोगडाकेदार गाउँपालिकाका २ र सुर्नगा गाउँपालिकाका १ ब्यक्ति रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

शनिबार २१ जना थपिएसंगै बैतडीमा संक्रमितको संख्या ३ सय ६३ पुगेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क ब्यक्ति भुवनप्रशाद जोसीले बताए । शनिबार थपिएका संक्रमितहरु मध्ये पाटनका १३ पुरुष तथा ५ महिला, दोगडाकेदारका २ पुरुष र सुर्नयाका १ पुरुष रहेकाछन् । उनीहरुमध्ये पाटनका सबैजना संस्थागत क्वारेन्टाइनमै रहेका छन् भने दोगडाकेदार र सुर्नयाका संक्रमितहरु होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।

पछिल्लो समय बैतडीका ५ स्थानियतहमा सस्ंथागत क्वारेन्टाइनमा बस्नेहरुको संख्या शुन्य रहेको छ । केहि स्थानियतहहरुले बस्ने ब्यवस्था मात्रै पालिकाका तर्फबाट गरिदिने र खाना आफ्नै तर्फबाट खानुपर्ने भनेपछि धेरैजसो ब्यक्तिहरु होम क्वारेन्टाइनमा बस्ने भन्दै धमाधाम घर जान थालेका छन् ।

भारतबाट आएका व्यक्तिहरु धमाधम घर जानथालेपछि समूदायमा कोरोना भाइरसको संक्रमण फैलनसक्ने खतरा बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए । अहिले बिदेशबाट आएका अधिकांश ब्यक्तिहरुमा संक्रमण भेटिरहेकाले सबैलाई क्वारेन्टाइनमा राख्न स्थानियतहहरुलाई पहल थाल्न उनले आग्रह गरे । यदि कोहि ब्यक्ति होम क्वारेन्टाइनमै बसेपनि अत्यन्तै सतर्कता अपनाइदिन उनको आग्रह छ । होम क्वारेन्टाइनमा बसेका ब्यक्तिले अलग्गै अटेच ट्वाइलेट बाथरुम भएको घरमा अरुसंग सम्पर्क नहुने गरि बस्नुपर्ने तर त्यस्ता घर बैतडीमा निकै कम भएकाले सबैले सर्तक हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत : प्रतिवेदन