पोखरीमा डुबेकी किशोरी सात घण्टापछि जिउदै निस्किइन् !

सप्तरी, राजविराज । पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै बाहिर निस्केको दाबी गर्ने एक किशोरीको अहिले जिल्लाभरि चर्चा भइरहेको छ । ती किशोरी हुन् सप्तरीको बलानबिहुल गाउँपालिका ६ रौतहटकी १४ वर्षिया मुनचुन कुमारी दास । उनलाई हेर्न र देवी मानी पूजा गर्नेको अहिले गाउँस्थित ठाकुरबाबा मन्दिरमा ठूलो भिड लागेको छ ।

कोरोनाको जोखिमका बीच धार्मिक आस्थाका आधारमा भिड उर्लिएपछि त्यसलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले धार्मिक आस्थाको आधारमा देखिएको भिंड व्यवस्थापन गर्न र सामाजिक दुरी कायम गर्न गराउन अहिले त्यसतर्फ आवश्यक निर्देशनसहित सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।

अक्सिजनको संचार हुन नसक्ने सो पोखरीमा डुबेर सात घण्टापछि जिवित्तै निस्केको अनौठो घटना र दाबी गरिएपछि सबै चकित परेका छन् । सात घण्टासम्म पानीमा डुबेर ती किशोरीको ज्यान जोगिनुलाई स्थानिय तथा जनप्रतिनिधिहरुले दैविक शक्ति र चमत्कार मानेका छन् भने कसैले स्वास्थ्य विज्ञानलाई चुनौती भनेका छन् ।

चिकित्सकहरुले भने यस्ता कुरालाई स्वास्थ्य विज्ञानले नस्विकार्ने बताइरहेका छन् । गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेनट डा. रन्जित झाले सात÷आठ घण्टा अक्सिजन बिना मानिस बाच्न नसक्ने बताउँदै आफूहरुलाई यस्ता कुरामा विश्वास नरहने जिकिर गरे ।

गाउँकै जागेश्वरी जनता मावि कक्षा ८ मा अध्ययनरत मुनचुन कुमारीले आफू फुल टिप्न बिहीबार दिउँसो ४ः३० बजे तिर पोखरीमा पसे लगत्तै एक जना बाबा जस्तो देखिने बृद्ध व्यक्तिले कपाल तानेर भित्र लगेको र धेरै रोई कराई गरेपछि सात घण्टापछि पोखरीको डिलमा ल्याई छाडिदिएको सुनाईन् ।

गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले यो ऐतिहासिक मन्दिर र पोखरीमा बिहीबार भएको घटनाले सबैलाई चकित पारेको बताए । उनले यो घटना सत्य र दैविक शक्तिको नमुना भएको दाबी पनि गरे ।

वडा अध्यक्ष सूर्यनारायण दासका अनुसार बिहीबार दिउँसो ४ः३० बजेतिर राजकुमार दासकी १४ वर्षिया छोरी मुनचुन साथीहरुसँग पोखरी नजिकै घाँस काट्न गएकी थिइन् । सोही क्रममा पोखरीमा एउटा मनमोहक फुल फुलेको देखेपछि घाँस काट्न छाडेर पोखरीमा पसेकी थिइन् । फुल नजिकै पुगेपछि अचानक उनी डुबेर बेपत्ता भईन् । सो ’bout खबर पाउनासाथ प्रहरीस र गोताखोरहितको टोली पुगेर सातघण्टासम्म खोजतलास गरेपनि उनी फेला नपरेको वडा अध्यक्ष दासले सुनाए । राती परिसकेकाले भोली बिहान पुनः खोजतलास गर्ने सल्लाह गरि फर्किन लाग्दा एक्कासी मुनचुनको चिच्याएको आवाज सुनेको र फर्किदा पुरै शरीर भिजेको र रोइरहेको अवस्थामा उनी फेला परेको वडा अध्यक्ष दासको भनाई छ ।

घटना ’bout चासो देखाउँदै शनिबार घटनास्थल पुगेका प्रदेश २ का सभासदस्य गोबिन्द न्यौपाने र पूर्व सिंचाई मन्त्री उमेश यादवले उक्त घटनालाई यहाँका जनताले दैविक शक्ति मानेको बताए । उनीहरुले उक्त पोखरी र मन्दिरको ऐतिहासिकता तथा पौराणिकताका ’boutमा तथ्यमा पुग्नका लागि पुरातत्व विभागले आवश्यक अनुसन्धान गरि सरकारले उक्त क्षेत्रलाई धार्मिक पर्यटक स्थलका रुपमा विकास गर्न जरुरी रहेको बताए ।

गाउँको उक्त ऐतिहासिक मन्दिर र पोखरीमा दैनिक स्थानिय श्रद्धालुहरुको घुँइचो लाग्ने गरेको छ । पोखरीमा स्नान गर्ने र पवित्र भई उक्त मन्दिरमा पूजाआजा गर्ने वर्षौदेखी परम्परा चलिआएको स्थानिय बुढापाकाहरुको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान