महिलाको शब उखुबारीमा भेटियो, हत्याको आशंका

रौतहट । रौतहटमा घास काटन गएकी महिलाको शब उखुबारीमा भेटिएको छ । जिल्लाको गढीमाई नगरपालिका–३ लक्ष्मीपुर गाउँकी अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव उखुबारीमा फेला परेको हो । सो गाउँका सकल बैठाकी श्रीमती मित्रा देवी बिहान १० बजे घाँस काट्न भनेर घरबाट निस्केको र उनको शव उखु बारीमा घाटीमा आफ्नै सारिले बेरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिएका छन ।

स्थानीयले शब देखेपछि प्रहरी चौकी वरियारपुर र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरीको टोली घट्नास्थल पुगेको थियो । घटना’bout प्रहरीले अनुसन्धान गरिराखेको प्रहरी उपरीक्षक खडकाले बताए । स्थानीयले महिलाको हत्या भएको आशंका गरेका छन् । रौतहटमा केहीदिन यता हत्याका घटना बढेका छन ।

गत साउन ३१ गते गरुडा नगरपालिका वाड नंं ८ जिङ्गडियामा सच नर्सरीमा कार्यरत २० वर्षीय निरन्जन पासवानको घाँटी रेटेर हत्या भएको थियो । पासवानको शब पोखरीमा फालिएको थियो । रामको हत्याको आरोपमा ७ जनालाइ पक्राउ गरेर ल्याएका मध्ये बिजय रामको प्रहरी हिरासत मै उपचारको क्रममा गत साउन १० गते ज्यान गएको छ ।

निरन्जन पासवानको हत्याको आरोपमा प्रहरीले निर्दोषलाइ फसाएको र प्रहरीको चरम यातनाको कारण बिजय रामको ज्यान गएको भन्दै स्थानियबासी आन्दोलित छन ।

सोही कारण इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतो प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएका छन । छानबिनको लागी गृह मन्त्रालयले उपसचिबको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।

त्यसैगरी जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया टोलमा हनुमान मन्दिरका पुजारीको हत्या भएको छ । भदौ ३ गतेका दिन राति साडे नौ बजे हनुमान मन्दिरको पुजारी ६५ वर्षिय पुजारी श्रीराम साहको हत्या भएको थियो ।
पुजारीको अज्ञात समूहले खाना खादै गरेको अवस्थामा कन्चटमा गोली हानी हत्या गरेको थियो । हत्यामा संलग्न अहिले सम्म प्रहरीले कसैलाइ पनि पक्राउ गर्न सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 430 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर