जोकोभिचलाई सिनसिनाटी ओपन उपाधि

न्युयोर्क । विश्व नम्बर एक सर्वियन नोभाक जोकोभिचले वेस्टर्न एन्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका छन् । न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई २–१ को सेटमा पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् ।

जोकोभिचले मिलोसमाथि १–६, ६–३ र ६–४ को सेटमा जित निकाले । पहिलो सेट गुमाए पनि ३३ वर्षीय जोकोभिचले उत्कृष्ट पुनरागमन गर्दै पछिल्लो दुई सेट आफ्नो पक्षमा पार्न सफल भएका थिए । उनले च्याम्पियन बन्न दुई घन्टा समय खर्चिए ।

यससँगै जोकोभिचले स्पेनिस राफयल नाडालले राखेको ३३ मास्टर्स १००० सिरिजको कीर्तिमानलाई बराबरी गरेका छन् । महिलातर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जितिन् । फाइनल नखेल्दै अजारेन्का च्याम्पियन बनेकी हुन् । फाइनल प्रतिद्वन्दी जापानकी नाओमी ओसाकाले बायाँ खुट्टाको ह्यामस्ट्रिङ चोटको कारण नाम फिर्ता लिएपछि अजारेन्का च्याम्पियन बनेकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

epaper

ताजा समाचार

लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान