‘सो रुम’ जस्तै बन्यो प्रहरी कार्यालय

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङको परिसर मोटरसाईकल ‘सो रुम’ जस्तै बनेको छ । निषेधाज्ञा उल्लंघन गरी संचालन भएका सार्वजनिक तथा निजी सवारी साधान नियन्त्रणमा लिने क्रम बढेपछि मोटर साईकल तथा जिपले कार्यालयको मैदान भरिएको हो ।

बागलुङ बजारको समुदायस्तरका कोरोना संक्रमण फैलिएपछि भदौ ३ गतेदेखि जारी निषधाज्ञाको पालना नगर्ने सवारी नियन्त्रणमा लिई प्रहरी कार्यालयमा राखिएको हो । निषेधाज्ञा कार्यान्वयनका लागि प्रहरीले सक्रियता बढाएपछि मोटरसाईकल तथा जिपले प्रहरी कार्यालयको परिसर भरिभराउ भएको छ ।

एक साताको अवधिमा प्रहरीले करिव ९० वटा मोटर साईकल, ७ वटा जिप नियन्त्रणमा लिएर कार्यालयको परिसरमा राखेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र जानकारी दिए । मोटरसाईकल र जिपको लाइन भए पछि प्रहरी कार्यालयको परिसर मोटर साइकलको ‘सो रुम’ जस्तै भएको छ ।

‘अलिकति निगरानी कम गरे प्रहरीले के हेरेको छ भन्ने प्रश्न उठ्छ’ उनले भने ‘नियन्त्रण र कारवाही गरियो भने सार्वसाधारणलाई दुःख दियो भन्ने आवाज उठ्छ ।’ सबैको एकता र सहयोले मात्रा निषेधाज्ञाको उद्देश्य प्राप्त गर्न सकिने उनको भनाई थियो ।

‘निषेधाज्ञा उल्लघन गर्ने धेरै छन’ उनले भने ‘सार्वसाधारणले निषेधाज्ञालाई ख्यालठट्टाको रुपमा लिने हो भने अब सवारी राख्ने ठाउँसमेत अभाव हुन्छ । डिएपि रेग्मीका अनुसार नियन्त्रणमा लिइएका मोटर साइकल तथा जिप छुटाउन जिल्ला स्थित विभिन्न राजनीतिक दलका विभिन्न ओहोदाका नेतृत्वले फोनमार्फत पटकपटक आग्रह गरे पनि नियम अनुसार जरिवाना गरेर भदौ १६ गतेपछि मात्रा सवारी धनिलाई बुझाईने छ ।

औषधी, खाद्यन्न, पशुपंक्षीलाई दाना ल्याउने जस्ता बहाना बनाएर सवारीमा घुमफिर गर्न क्रम बढे पछि प्रहरीले चेकजाँच तथा नियन्त्रण र कारवाहीलाई कडाई गरेको डिएसपि रेग्मीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार