Thursday, September 24, 2020
Home प्रमुख पुजारी मारिएको ठाउँमा मन्दिर शिलान्यास

पुजारी मारिएको ठाउँमा मन्दिर शिलान्यास

गौर । गोली हानेर पुजारीको हत्या गरिएको स्थानमा मन्दिर तथा मठ निर्माण गर्नका लागि आज शिलान्यास गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले गरेको घोषणा बमोजिम रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माणका लागि शिलान्यास गरिएको हो । सांसद साहले हिजो (आइतबार) मात्रै उक्त स्थानमा मन्दिर र मठ निर्माण गर्ने घोषणा गरेका थिए ।

सांसद साहको पहलमा निर्माण हुने उक्त मन्दिरको शिलान्यास मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, माधवनारायण नगरपालिकाकी उप–प्रमुख सिमलदेवी साह र देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेलले संयुक्त रुपमा गरेकी हुन् ।

सन्तको जीवन बिताइरहेका पुजारीको हत्याले आफुलाई मात्र नभइ समग्र समाजलाई दुखी बनाएको बताउदै मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहले पुजारीको सम्मानमा मठ र मन्दिर निर्माण गर्न लागिएको जीकिर गरिन् । उनले बजारको रुपमा विस्तार भईरहेको खेसरहियामा सामाजिक सद्भाव भड्काएर विकास रोक्न खोजिएको आरोप लगाईन् ।

यो पनि पढ्नुहोस   दसैंमा ‘लकडाउन’ हुनसक्ने !

माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमल देवी साहले निस्वार्थ सामाजिक कार्यमा लागेको पुजारीको हत्याले सामाजिक कार्यप्रति लाग्ने व्यक्तिलाई निरुत्साहित गर्ने भएकोले यस्ता कार्य दोहोरिन नदिन प्रशासनको ध्यानाकर्षण गराइन । देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेल मन्दिर निर्माणले पुजारीप्रति सम्मान स्थापित हुनुका साथै खेसरहिया बजारमा धार्मिक पर्यटन पनि बढने विश्वास व्यक्त गरिन ।

मन्दिर शिलान्यास भएको स्थानमा भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो ।

शिलान्यास कार्यक्रममा सहभागी हुन पुगेका रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त स्थानमा प्रहरी चौकी निर्माण गर्ने घोषणा गरेका छन् । सांसद साहको मागबमोजिम उक्त स्थानमा आजैबाट प्रहरी रहने प्रजिअ यादवले जानकारी गराए ।

(Visited 80 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन् । पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनमा कोरोना भाइरस नेगेटिभ देखिएको हो ।
यो पनि पढ्नुहोस   डा. रुइतलाई सर्वोच्च मानपदवी सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)
महामन्त्री...

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

भर्खरै

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन् । पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनमा कोरोना भाइरस नेगेटिभ देखिएको हो । महामन्त्री...

कोरोनाका कारण झापाका एक वृद्धको मृत्यु

कनकाई । झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका...

बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

बारा । बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका...

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

धेरै पढिएका

टिकटकबाट कलाकार छान्दै प्रियंका

काठमाडौं । मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ । नेपाली चलचित्र वृत्तमा नयाँ र प्रातिभावान् कलाकार भित्रयाउन मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता...

इटहरीमा रेशम चौधरीलाई रिहा गर्न माग गर्दै प्रदर्शन

इटहरी । जनता समाजबादी पार्टीका नेता कार्यकर्ताले रेशम चौधरीलाई रिहाई गर्न माग गरेका छन् । इटहरी २ त्रिभुवन चोकस्थित दर्जनौ युवाहरुले सोमबार चौधरीको रिहाईको...

कोरोना संक्रमण नियन्त्रणमा उत्साहपूर्ण काम भइरहेको छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रणमा सरकारले उत्साहपूर्ण काम गरेको दाबी गरेका छन् । छैटौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा...

भारतको आनीबानी

नेपालमा १ सय ४ वर्ष राणाको एकछत्र शासन चल्यो । राजा महेन्द्रको पञ्चायती व्यवस्थाले ३० वर्ष कटायो । राणाकालमा राणाको हैकम र पञ्चायत कालमा...

ई-पेपर

(Visited 63 times, 1 visits today)