चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरस छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । चीनको वुहानबाट उद्दार गरी ल्याइएका १७५ जना नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वुहानबाट ल्याइएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएको हो ।

मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै पनि सङ्क्रमण नदेखिएकाले कोही पनि त्रसित हुनुनपर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा क्वारेन्टाइनका लागि तयार गरिएको स्थानमा राखिएका सबै नेपालीमा ‘नोभेल कोरोना भाइरस २०१९’ नकारात्मक देखिएको जानकारी गराए ।

नेपालबाट अध्ययन तथा व्यवसायका क्रममा चीनको हुवेई प्रान्तका उहानलगायत विभिन्न शहरमा रहेका १७५ जना नेपाली नागरिकलाई उद्धार गरी यही फागुन ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै प्रारम्भिक परीक्षणपश्चात् प्राधिकरणको तालीम केन्द्रमा पु-याइएको थियो ।

फागुन ४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका प्राविधिकहरूले क्वारेन्टाइनस्थलमा नै पुगी १७५ जनाको नाक र घाँटी भित्रको स्वावको नमूना सङ्कलन गरी प्रयोगशालामा ल्याएर परीक्षण गरिएको थियो । यो परीक्षण फागुन ४, ५ र ६ गतेसम्म सघन रुपमा गरिएको मन्त्रालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रयोगशालाबाट फागुन ६ गते अपराह्न प्राप्त जानकारीअनुसार सबैको नमूना परीक्षण गर्दा कुनै पनि नमूनामा नोभेल कोरोना भाइरस–२०१९ (कोभिड–१९) नभेटिएको मन्त्रालयले जानकारी गराएको छ । त्यहाँ रहेका सबै नेपाली नागरिक स्वस्थ्य रहेकाले कुनै पनि सङ्क्रमणबाट त्रसित हुनुपर्ने अवस्था नरहेको उनले बताए । अब क्वारेन्टाइनमा बसेको १४औँ दिनपछि पनि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटी भित्रको स्वावको नमूना सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा ल्याएर परीक्षण हुनेछ ।

चीनको हुवेई प्रान्तबाट फैलिएको कोरोना भाइरस रोग (कोभिड–१९) ले विश्वलाई नै प्रभावित पारेको छ । चीनबाहेक विश्वका २५ देशमा यसको प्रभाव देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस रोगले विश्वव्यापी पार्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै गत माघ १६ गते ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेको छ तर अन्तर्राष्ट्रिय यात्रा र व्यापारमा कुनै पनि प्रतिबन्ध सिफारिस गरिएको छैन ।

कोरोना भाइरस रोग (कोभिड–१९) ले नेपाललाई पनि प्रभाव पारेको छ । नेपाल सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) फैलन नदिन निगरानी, नियन्त्रण र रोकथामका कार्य प्रभावकारी रुपमा सञ्चालन गरेको छ । प्रवक्ता श्रेष्ठले चीनबाट नेपाली नागरिक नेपाल ल्याउन सहयोग गर्नुहुने सबै सरोकारवालालाई धन्यवाद दिए ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९