धनकुटा । धनकुटाका थप तीन जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई जना पुरुष प्रहरी र सहिदभूमी गाउँपालिकामा कार्यरत एक जना पुरुष स्वास्थ्यकर्मीले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका सहिदभूमीका स्वास्थ्यकर्मीको बिराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको थियो । यता, भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएका दुई प्रहरी मोरङको गोठगाउँस्थित कोरोना अस्पतालमा उपचाररत थिए । दुई प्रहरीले ८ दिनमा र एक स्वास्थ्यकर्मीले १२ दिनमा कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।
योसँगै धनकुटामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २० पुगेको छ । धनकुटाको औद्योगिक ग्रामस्थित आइसोलेशनमा बाँकी १९ जना संक्रमितको उपचार भइरहेको छ । धनकुटामा कोरोना संक्रमण पुष्टि भएका ३९ जनलाई नै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन । कतिपय संक्रमित लक्षण बिना नै संक्रमण पुष्टि भएर लक्ष्यण नै नदेखिँदै निको भएर डिस्चार्ज भएका छन् ।






