राकिटिच सेभिल्ला फर्कने

क्याटलान । क्रोएसियन मिडफिल्डर इभान राकिटिच ६ वर्षपछि स्पेनिस क्लब सेभिल्ला फर्किएका छन् । सेभिल्लाले मंगलबार क्याटलान क्लब बार्सिलोनाका आफ्नो पूर्व मिडफिल्डर राकिटिच ६ वर्षपछि क्लबमा फर्किएको बताएका हुन् ।
यससँगै राकिटिच क्याटलान क्लब बार्सिलोनाबाट बाहिरिने पहिलो ठूला स्टार खेलाडी बनेका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाइका राकिटिचसहित अन्य खेलाडी आफ्नो योजनामा नरहेको बताएका थिए ।

बार्सिलोनाको योजनामा नरहेको राकिटिच आफ्नो पूर्व क्लब सेभिल्ला फर्कने निर्णय गरेको हो । स्टार मिडफिल्डर राकिटिचले सेभिल्लासँग दुई वर्षको सम्झौता गर्ने पक्का भएको छ । उनी आफ्नो मुल्यभन्दा केही कम रकममा सेभिल्ला पुगेका हुन् । नयाँ सम्झौताअनुसार उनले वार्षिक २.७ मिलियन पाउन्ड पाउनेछन् । गत सिजन राकिटिचले ७ मिलियन कमाइ गरेका थिए । उनको पूर्व क्लब फर्कनका लागि दुई क्लबबीच सामान्य शुल्कमा सहमति भएको हो । पछिल्लो समय एर्नेस्टो भाल्भेर्डे र क्विके सेटिनको नेतृत्वमा कमै अवसर पाउदा चरम असन्तुष्टि पोखेका थिए । असुन्तुष्टि पोखेपछि बार्सिलोनाले उनलाई बेच्ने योजना बनाएको थियो । सेभिल्लाका प्रशिक्षक जुलेन लोपेटेगुईलाई राकिटिचको आगमनले टोलीको मिडफिल्ड झनै बलियो हुने बताएका छन् । सेभिल्लाले यसअघि ओस्कार रोड्रिग्वेजलाई अनुबन्ध गरिसकेको छ ।

राकिटिचसँगै अन्य केही स्टार खेलाडीहरूले यस सिजनमा बार्सिलोना छाड्न सक्नेछन् । राकिटिच यसअघि गत जनवरीमा सिरी ‘ए’ र इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने चर्चा चले पनि उनी बार्सिलोनामै रहेको थियो । ३२ वर्षे मिडफिल्डर २०१४ मा बार्सिलोना जानुअघि सेभिल्लाबाट युरोपा लिग जितेका थिए । राकिटिचले बार्सिलोनाका लागि ३ सय १० खेलमा ३६ गोल गरेका छन् ।

उनले बार्सिलोनाबाट चारपटक स्पेनिस ला लिगा, चारपटक कोपा डेल रे र समान एकपटक च्याम्पियन्स लिग, फिफा क्लब वल्डकप, यूईएफए सुपरकप र सुपरकोपा जितेका छन् । राकिटिच २०११ मा जर्मन क्लब साल्केबाट सेभिल्ला पुगेका थिए । राकिटिचले २०११ देखि २०१४ को अवधिमा १ सय ४९ खेलमा ३२ गोल र ४१ असिस्ट दिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही सिजन सेभिल्ला पनि युरोपा लिग च्याम्पियन बनेको थियो । त्यसपछि उनी बार्सिलोना पुगेका थिए । राकिटिचका श्रीमती राक्वेल मौरीले कुनै एक समय राकिटिच सेभिल्ला फर्कने बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम