ललितपुर चक्रपथ क्षेत्रभित्र आज बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यु

ललितपुर । जिल्लाको चक्रपथ क्षेत्रभित्र शुक्रबारका लागि कफ्र्यु आदेश जारी भएकोे छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको हो । स्रोतका अनुसार मत्स्येन्द्रनाथ संक्षिप्त रथयात्रा गर्न कफ्र्यु लगाइएको हो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुसार रातो मत्स्येन्द्रनाथ रथयात्रालाई लिएर पुल्चोकमा बिहीबार दिनभर तनाव भएपछि महानगरपालिका चक्रपथभित्र कफ्र्यु आदेश जारी गरिएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदासमेत सचेत नभएको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यु जारी गरिएको उनले बताए ।

मत्स्येन्द्रनाथ संक्षिप्त रथयात्रा गर्न कफ्र्यु लगाइएको हो

ललितपुर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई, गुठी संस्थानका अधिकारी र १९ जातीय संगठनको संयुक्त बैठकले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेको छ ।

स्थानीय प्रशासन ऐनअनुसार शान्ति सुरक्षा र अमनचयनमा बाधा पर्ने गरी गतिविधि देखिए कफ्र्यु लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

‘कफ्र्यु पश्चिममा बल्खु पुल, पूर्वमा मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कायम हुन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘ललितपुर महानगर चक्रपथभित्रको पूरै भन्ने हैन ।’

विशेषगरी रथयात्रा गर्न धेरै स्थानीय निस्किएपछि स्थिति नियन्त्रण बाहिर जाने शंकाले प्रशासनले कफ्र्यु लगाएको हो । बिहीबार झडपक्रममा ट्राफिक प्रहरीलाई कुटपिट भएपछि त्यसमा संलग्न १० जना पक्राउ परेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 354 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित