देशभर कोरोनाको संक्रमण फैलीरहेको छ, सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाकी एक सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भयो । कोरोना जोखिम बढीरहेकै बेलामा बाह्रविसे नगरपालिकामा ठुलो प्राकृतिक विपत्ती आइलाग्यो । बाढीपहिरोले एउटा बस्ती नै सखाप भयो, १८ ले मृत्युवरण गर्नुप-यो । बाढीपहिरोबाट अहिले पनि धेरै स्थानीय विस्थापित भइरहेका छन् । विस्थापितहरुलाई नगरपालिकाले सुरक्षीत स्थानमा स्थान्तरण गरेको छ । कोरोनाबाट पहिलो मृत्यु भएको बाह्रविसे नगरपालिकामा कोरोना रोकथाम र नियन्त्रणमा नगरपालिकाले के गरिरहेको छ,यसै सन्र्दभमा बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पासँग गरिएको कुराकानी
कोरोना भाइरस(कोभीड–१९) को संक्रमणको कारण नेपालमा नै पहिलो मृत्यु बाह्रविसे नगरपालिकामा भयो,अहिले कोरोना संक्रमणको अवस्था कस्तो छ नगरपालिकामा?
कोरोना भाइरस संक्रमणको कारण बाह्रविसे नगरपालिका–९ की एक सुत्केरी महिलाको मृत्यु भयो । उहाँको मृत्यु नेपालमा नै पहिलो पटक कोरोना संक्रमणको कारण हुदा हामी दुःखीत छौ । हामी अब कोरोना संक्रमण बढ्न नदिनका लागि सचेत छौ । बिहीबार सम्म बाह्रविसे नगरपालिकामा कोरोना संक्रमण दर शुन्य थियो तर आज(शुक्रबार) एक जनाका कोरोना संक्रमण पुष्टी भएको छ । क्वारिन्टीनमा एक जना पनि हुनुहुन्न,आइशोलेसन वार्ड खाली छ । हामीले पुर्व तयारीका लागि ५० जना अट्ने क्षमता भएको आइशोलेसन वार्ड तयारी हालतमा राखेका छौ,त्यस्तै ६० बढी राख्न सक्ने क्षमताको क्वारिन्टीन पनि तयारी हालतमा राखेका छौ । अहिलेसम्मको अवस्थामा नगरपालिकाले कोरोना संक्रमणलाई फैलन नदिन सबै तयारी गरिरहेको छ । हालसम्म बाह्रविसे नगरपालिकामा कोरोना संक्रमणको कारण दुइ जनाको मृत्यु भएको छ भने एक जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला प्रशसन कार्यालयले लक डाउन गरेको छ? यसको पालना कतिको भैरहेको छ त ?
जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि गरेको लकडाउनको हामीले पुर्णरुपमा पालना गरिरहेका छौ तर नेपाली कांग्रेसका केही उदण्ड र अराजक कार्यकर्ताहरुका कारण अहिले बाह्रविसे नगरपालिका कोरोनाको पुर्ण जोखिममा रहेका छ । हामी नगरबासीको स्वास्थ्य प्रति असाध्यै सचेत भएर कोरोना फैलन नदिन र फैलीयमा कसरी सुरक्षीत राख्न सकिन्छ भनेर दिनरात लागिरहेका छौ तर प्रमुख प्रतिपक्ष पार्टी कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत भने यस्तो लक डाउनको बेलामा पनि पार्टी प्रवेश गराउने,आमसभा गर्ने,भेला बैठक लगायतका कामहरुमा क्रियाशिल भैरहनु भएको छ ।
लकडाउनको हामीले पुर्णरुपमा पालना गरिरहेका छौ तर नेपाली कांग्रेसका केही उदण्ड र अराजक कार्यकर्ताहरुका कारण अहिले बाह्रविसे नगरपालिका कोरोनाको पुर्ण जोखिममा रहेका छ
हामीले धेरै पटक यस्ता गतिविधिहरु नगर्नका लागि अनुरोध गरे पनि उहाँहरुले मान्नु भएको छैन । देशको पुर्व मन्त्री जस्तो सम्मानीत व्यक्तिले सम्पुर्ण नगरबासीको स्वास्थ्य माथी खेलवाड गर्नु कहाँसम्मको न्यायोचित हुन्छ यो सबैले बुझ्ने कुरा हो । आज मात्रै(शुक्रबार) पनि कांग्रेस निकटका तरुण दलका क्षेत्रीय सभापति भनिएको एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनी समेत कांग्रेसका कार्यक्रमहरुमा सहभागी भैरहेको हामीले सूचना पाएका छौ । यस्ता भेला बैठक,पार्टी प्रवेश त कोरोना पछि गर्दा पनि हुने हो तर अहिले नै सबै सकिन्छ जस्तै गरेर हतारो गरेर बाह्रविसे नगरबासीको स्वास्थ्यमा गम्भीर खेलवाड भैरहेको छ । अब पनि यस्ता गतिविधि निरन्तर हुने हो भने कोरोनाको संक्रमण समुदायमा नै फैलन सक्छ । त्यसैले बाह्रविसे नगरपालिकाको तर्फबाट हामी कांग्रेस र केन्द्रीय सदस्य ज्युलाई बिनम्रतापुर्वक आग्रह गछौ अहिले यस्ता सबै कामहरु बन्द गरौ ।
भनेपछि कांग्रेसले असहयोग गर्न खोज्नु भएको भन्ने हो त ?
असहयोग मात्रै होइन पुर्ण रुपमा असहयोग नै भएको छ अहिले,यस्तो बेलामा त नगरपालिकालाई सहयोग गर्नु पर्ने बेला उल्टै नगरपालिकाको विरुद्ध नाराजुलुस गर्ने धर्ना दिने लगायतका असामाजिक गतिविधिहरु कांग्रेसले बाह्रविसेमा गरिरहेको छ । कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको समुहले नगरपालिकाको कर्मचारी माथी हातपात गर्ने,क्रसर उद्योगमा गएर तोडफोड गर्ने मेरो विरुद्ध समेत महिला हरु लगाएर गलत काम ग-यो भन्दै प्रहरीमा उजुरी गर्न लगायन जस्ता अत्यन्तै घृणित काम अहिले भैरहेको छ । कांग्रेस,नेकपा र मेरा विरुद्ध जे गर्नु छ त्यो पछि गर्दा पनि हुन्छ अहिले हामी समृद्ध बाह्रविसे र बाह्रविसेका स्थानीयालाई कोरोनाबाट सुरक्षीत बनाउने अभियानमा छौ,अहिले त्यो अभियानमा सहयोग गर्नु पर्ने बेलामा उल्टै अराजक गतिविधि भैरहेको छ ।
ठिकै छ,हाम्रो अभियानमा सहयोग नगर्नुहोस केही छैन तर कम्तीमा पनि लक डाउनको पालना त गरिदिनुहोस भन्ने हाम्रो आग्रह मात्रै हो । तपाँइहरुलाई एउटा कुरा भनु –कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको समुहले केही महिला विद्यार्थीहरुलाई प्रयोग गरेर म र नगरपालिका विरुद्ध गलत काम गरेको भन्दै प्रहरीमा उजुरी गर्न समेत लगाएका रहेछन् । अवोध विद्यार्थीहरु प्रयोग गरेर पैसाको लोभलालचा देखाएर हामी विरुद्ध यस्तो संकटको बेलामा पनि यस्ता घृणित काम गर्न खोजेका छन् त्यस्ता कुर्कम र जालझेलको बाह्रविसे नगरबासीले अवश्य मुल्यांकन गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।
लक डाउनको उल्लघन गर्नेलाई प्रहरी प्रशासनले केही गरेको छैन त ?
हाम्रो नगरपालिकाका एक जना कर्मचारी माथी लक डाउनकै बेलामा कांग्रेस क्षेत्रीय सभापति एवम कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका भाइले कुटपिट गरे,क्रसर उद्योगको सवारी साधनमाथी तोडफोड गरे,प्रहरीमा मुद्दा दर्ता भएको छ तर प्रहरीले केही गर्न सकेको छैन । अपराध गर्ने व्यक्ति खुलेआम हिडीरहेका छन्,हामीले पक्राउ गरेर कानुनी दायरमा ल्याउनुहोस भनेर प्रहरी,प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा टोलीलाई पटक–पटक भनेका छौ तर प्रहरी प्रशासनले हाम्रो कुरा वास्ता नै गर्देन । त्यती मात्रै होइन कांग्रेसका अनुशासनहिन र प्रहरीको खराब सूचीमा रहेकाहरुले हाम्रो नगरपालिकाको जेसीबीमा आक्रमण गर्न खोजे,लक डाउनको बेलामा बाह्रविसे बजारमा प्रर्दशन गर्ने लगायतका उश्रृङखल गतिविधि हुदा पनि प्रहरी प्रशासन मौन बसिरहेको छ ।
अनि तपाँइहरु आफै सरकार,कोही दल विशेषले असहयोग गर्देमा समस्या हुन्छ र ?
होइन त्यस्तो समस्या त हुदैन तर पनि बाह्रविसेका ’boutमा सबैलाई जानकारी नै छ । हामी लक डाउनको पालन गर्नुपर्छ भनेर आम नगरबासीलाई चेतना दिनका लागि अभियानहरु सञ्चालन गरिरहेका छौ । गाउँ गाउँमा पुगेर स्वास्थ्य सामग्री वितरण पनि गरेका छौ । बाह्रविसे प्रवेशमा कडाई गरेका छौ । हाम्रो तर्फबाट गर्नुपर्नै र एउटा स्थानीय सरकारले गर्ने सबै काम गरेका छौ । सबैलाई थाहै छ हामी यही बिचमा बाढीपहिरोको चपेटामा पनि परेका छौ तर बाढीपहिरो सँगै हाम्रो ध्यान कोरोना संक्रमण फैलन नदिने पनि हो । तर काग्रेसका साथीहरुलाई नगरबासीको स्वास्थ्यमा पटक्कै मतलब नै छैन । मैले अघि पनि भने उनीहरुले असहयोग गरेपनि केही हुदैन नै तर पनि बजारमा आएर नारा जुलुस गर्ने,पार्टी प्रवेश गराउने,संक्रमती व्यक्तिहरु त्यस्ता कार्यक्रममा सहभागी भएपछि अनि यसले त हामीलाई समस्या गर्ने भयो नी त ।
काेरोना रोकथामका लागि बजेट कसरी व्यवस्था गर्नु भएको छ त ?
प्रदेश र संघीय सरकारबाट केही बजेट आएको थियो,त्यो बाहेक अघिल्लो आर्थिक वर्षमा हामीले विपत्त कोषमा रकम राखेर केही खर्च गरेका छौ । अहिले पनि विपत्त कोषमा रकम राखेर खर्च गरिररहेका छौ । खबै सबै पारदर्शी छ,हामी आमसञ्चार माध्यम र सार्वजनिक सुनुवाई जस्ता माध्यमबाट खर्चको सार्वजनिक पनि अब छिट्टै गर्ने छौ ।