Tuesday, June 22, 2021
Home Breaking News महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच स्थानबाट लाम

महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच स्थानबाट लाम

,

काठमाडौं । यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

महाशिवरात्रिमा लाखौँको सङ्ख्यामा आउने दर्शनार्थी, भक्तजन र समग्र व्यस्थापनलाई मध्यनजर गरी कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष योगेशकुमार भट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समिति –२०७६ गठन गरेको छ । यसवर्ष महाशिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर मनाउन मन्त्रीकै अध्यक्षतामा समिति गठन भएको हो ।

यसैगरी सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचारप्रसार, साधुसन्त तथा धार्मिक, वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट, स्वयंसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रिकालीन व्यवस्था, स्वयंसेवा परिचालन एवं अनुगमन, सरकारी निकाय समन्वय, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन उपसमिति गठन गरिएको छ । नेपाल प्रहरीको अगुवाइमा सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिने छ । सादा पोशाकमा प्रहरी परिचालन गरी मेला क्षेत्रको विशेष अनुगमन गरिने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो ।

पशुपतिमा पाँच हजार स्वयंसेवक

नेपाल स्काउट समेतका गरी करिब पाँच हजार स्वयंसेवक परिचालन गरिने कोषले जनाएको छ । दर्शन लाइनको सहजीकरणका लागि मुख्य क्षेत्र बाहिर मात्र स्वयसेवक परिचालित हुनेछन् । पशुपतिनाथको मन्दिर नजिक हुनेगरी मुख्य क्षेत्रमा डाक्टर, नर्स, औषधि र श्यया सहितको नेपाली सेनाको मूल स्वास्थ्यशिविर रहनेछ । महाशिवरात्रिमा ३३ वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्नेछन् ।

त्यसैगरी एम्बुलेन्स र आपत्कालीन अवस्थाका लागि दमकल समेत तयारी अवस्थामा रहने गरी व्यवस्था मिलाइएको छ । कोषका सफाइ कर्मचारीबाट गरिने नियमित सरसफाइका अतिरिक्त सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र स्थानीय स्वयंसेवी संस्थाको सहभागितामा एक हप्ता अघिदेखि विशेष सरसफाइ अभियान सञ्चालन भइरहेको छ ।

चार ठाउँमा जुत्ता चप्पल

दर्शन लाइनलाई पायक पारेर कैलाशमुनि रूद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक, बज्रघर दक्षिण तर्फ, राममन्दिर नजिक (बागमतीपारी) गरी चार ठाउँमा जुत्ता चप्पल कक्षको व्यवस्था गरिने छ । दर्शन सकेर बाहिर निस्कने स्थान नजिक मुख्य क्षेत्रभित्र सानो सदावर्त सत्तलअगाडि र बाहिरी क्षेत्रमा उमाकुण्ड, मित्रपार्क, तिलगङ्गा, गौशालामा गरी पाँच ठाउँमा चन्दन वितरणको व्यवस्था मिलाइने छ ।

मन्दिर प्राङ्गणभित्र रात्रिकालीन व्यवस्थासहित कोषको आफ्नै निगरानी र नेतृत्वमा विशेष जनशक्ति परिचालन गरिने सदस्य सचिव ढकालले बताउनुभयो । हंशमण्डप, वनकालीको खुलास्थान, तिलगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी करिब १०० वटा सङ्घ संस्थाले निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था हुने जनाइएको छ । साधुसन्तका लागि निःशुल्क भोजन, पानी, चिया र बसोवास समेतको व्यवस्था छ । चिसोबाट बच्नका लागि धुनीको व्यवस्था पनि मिलाइएको छ । महाशिवरात्रि पर्वको पर्सीपल्ट प्रतिपदाका दिन बाटो खर्चसहित साधुसन्तका लागि बिदाइको व्यवस्था कोषले समेत गर्नेछ ।

पार्किङ तथा ट्राफिक व्यवस्थापन

तिलगङ्गा क्षेत्र, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त÷ट्राफिक प्रहरी प्रभाग, गौशाला, सिफलचौर, गुह्येश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । एअरपोर्ट, गौशाला, चावहिल चक्रपथमा दर्शनार्थीको चापलाई ध्यानमा राखी आधा सडकमा मात्र सवारी गुड्न दिने वा डाइभर्सन गरी सवारी सञ्चालन गर्ने व्यवस्था समेत मिलाइने छ । हंशमण्डप वनकालीमा नेपाल तथा भारतका ख्याति प्राप्त कलाकारद्वारा धार्मिक गतिविधिसहित भक्तिसङ्गीत प्रस्तुति रहनेछ ।

महाशिवरात्रि पर्वका अवसरमा भगवान् पशुपतिनाथको मन्दिर परिसर र मुख्य क्षेत्र विशेष किसिमका वत्ती र फूलले समेत सिगारिने छ । पशुपति क्षेत्र कानूनद्वारा नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमा समेत गाँजा–भाङ, जाँडरक्सी जस्ता नशालु पदार्थको बिक्री वितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न कोषले सबैलाई अनुरोध गरेको छ । पशुपति क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र भएकाले मेला क्षेत्रमा सेवा प्रदान गर्ने सबै संस्थालाई भोजन, पानी, चिया वितरण गर्दा प्लास्टिकका कप प्रयोग नगर्न कोषले आह्वान गरेको छ । महाशिवरात्रिमा पशुपति आउने भक्तजन र विभिन्न सेवामा खटिने कर्मचारीलगायत स्वयंसेवकलाई नेपालीको मौलिक संस्कार नमस्कारलाई गर्वका साथ अवलम्बन गर्न समेत अनुरोध गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो ।

पशुपति क्षेत्रमा पर्ने काठमाडौँ महानगरपालिकाका वडा कार्यालयले पशुपति मन्दिर आसपास बसोवास गर्ने स्थानीय बासिन्दाका लागि स्थानीय परिचयपत्र (पास) जारी गरिएको कोषले जनाएको छ । यसका आधारमा आफ्नो बसोवास रहेको स्थानसम्म आवतजावत गर्न दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा करिब तीन हजारभन्दा बढी साधुसन्त आइसकेको कोषले जनाएको छ । ४०० भन्दा बढी नागा बाबा आजैदेखि पशुपति मूल मन्दिर प्रवेश गरी बसेको प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताउनुभयो ।

(Visited 481 times, 1 visits today)
Loading comments...

आजको समाचार

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

साताका लोकप्रिय समाचार

कोरोना भ्याक्सिन पुर्याउन हिँडेकी महिला मृत भेटिइन्

धनगढी । डडेल्धुरामा मृत फेला परेकी एक युबतीको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार परशुराम...

प्रभु साहसँग किन चिढिए प्रधानमन्त्री ओली ?

  काठमाडौँ । विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ ।...

डिपाए बार्सिलोनामा अनुबन्धित

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले डच तथा फ्रेन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपाएलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले २७ वर्षीय फरवार्डलाई फ्रि ट्रान्सफरमा...

खोपको हाहाकार र भारतको खोप उत्पादक कम्पनीहरूको अवस्था

खोप के हो र यसको आवश्यक्ता किन पर्छ त्यसको वास्तविकता यतिबेला सबैमाझ खुलेको छ अर्थात् कोरोनाले पूरै विश्व ग्रसित भएपछि । पछिल्लो दुई वर्षदेखि...

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

ट्रेन्डिङ

जब निषेधाज्ञा कार्यान्वयन गराउन गएको प्रहरी टोलीले पसलबाटै भोड्का लिएको भिडियो बाहिरियो

लहान । निषेधाज्ञा कार्यान्वयन गराउन डिउटीमा खटिएका प्रहरी कर्मचारीले मदिरा पसलबाट मदिरा लिएर आएको घटना सार्वजनिक भएपछि त्यसमा संलग्न तीन प्रहरी कर्मचारी निलम्बनमा परेका...

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

महोतरी । महोत्तरीको मनरासिस्वा नगरपालिका ८ कटैया गाउँमा ट्याक्टरले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका ८ का १४ वर्षीय...

पाल्पामा कोरोना संक्रमितको मृत्यु

पाल्पा । आईसोलेसन सेन्टरमा उपचारत पाल्पाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उच्च रक्तचाप र कलेजोका बिरामी पुरुषको उपचारको क्रममा कोरोनाको लक्षण...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

प्रस्तावित राजदूतत्रयको संसदीय सुुनुुवाइ कात्तिक २७ गते हुने

काठमाडौँ । संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुुनुुवाइ हुने भएको छ । सङ्घीय संसद्...

म्यान्चेस्टर युनाईटेडको जीत

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले ब्राइटनलाई २–१ ले पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन...

पोखरेली व्यवसायीलाई चाहियो घरभाडा छुट

पोखरा । पोखराका व्यवसायीले घरभाडा छुट माग गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि ३ महिनादेखि लकडाउनले व्यवसाय बन्द हुँदा ठूलो घाटा...

नौ बालबालिकालाई नई बाल पुरस्कार

काठमाडौं । नइ प्रकाशनले नौ जना बालबालिकालाई २०७७ सालको नई बाल पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । पन्ध्र वर्ष ननाघेका बालबालिकालाई यो पुरस्कार...

कोरोना भाइरस संक्रमण : रोक्ने चिनियाँ प्रयत्नको डब्लूएचओद्वारा प्रशंसा

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ कोरोनाभाइरसविरुद्ध चीनले चालेका कदमले संक्रमणलाई विश्वव्यापी संकट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको...

चन्द पक्षसँगको सम्झौता पूर्ण कि अल्पविराम ?

श्रीप्रसाद प्रसाईं नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सरकारबीच भएको तीन बुँदे सम्झौताले भूमिगत रूपमा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको चन्द समूहलाई हालका लागि मूलधारको राजनीतिमा...

मन्त्रिपरिषदबाट पास भयो लिम्पियाधुरासम्म समेटिएको नेपालको नयाँ नक्सा

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)