अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ : इन्द प्रसाद अधिकारी

पनौती नगरपालिकामा कोरोना संक्रमणको अवस्था कस्तो छ ?

हालसम्म नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ जना निको भई होम क्वारेन्टाइनमा हुनुहुन्छ भने १ जना कोरोना संक्रमित बनेपामा आइसोलेसनमा हुनुहुन्छ ।

संक्रमण रोक्न के–कस्ता उपाय अवलम्बन गर्नुभएको छ ?

कोरोना भाइरसको संक्रमण रोक्नका लागि नगरपालिकाले जनचेतनामूलक सन्देशका फ्लेक्स चार्ट विभिन्न स्थानमा राखेको छ । त्यस्तै संक्रमण नफैलियोस् भनेर नगरपालिका क्षेत्रभित्र निसंक्रमण गराउने औषधि छर्किएको छ । त्यसैगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै स्वास्थ्य संस्थामा हात धुने स्टेसन स्थापना गरिएको छ । सबै किसिमका बैठक, गोष्ठी, समारोह, जात्रापर्वलाई स्थगित गरिएको छ ।

संक्रमण रोक्न स्थानीय जनताबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
स्थानीय जनताले स्वास्थ्य मन्त्रालयले दिएको मापदण्डलाई आगामी दिनमा परिपालन गर्ने कोभिड–१९ का सम्बन्धमा प्राप्त सूचना दिने, क्वारेन्टाइन बसाइँलाई अनुशासित व्यवस्थित गर्ने, संक्रमितलाई सभ्य मानवीय व्यवहार गर्ने अपेक्षा गरिएको छ ।

केन्द्रीय सरकारबाट कस्तो सहयोग पाइरहनुभएको छ ?

वित्तीय तथा वस्तुगत रूपमा सहयोग प्राप्त भइसकेको छैन । नीतिगत स्पष्टता समन्वय भइरहेको छ ।

कोराना रोकथामका लागि सरकारले के कदम चाल्नुपर्ला ?

स्थानीय तहले कसरी कार्य सम्पादन गरेका छन् सो को अनुगमन गरी साधन स्रोतको व्यवस्थापनमा थप नीतिगत स्पष्टता, अवस्थाअनुसारको खर्च र खर्च प्रणाली, सरल र समयमै निकासा प्रक्रिया, सूक्ष्म अनुगमन, एकद्वार प्रणालीको विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारीको स्थानीय तहसँग साझेदारी र समन्वय हुन आवश्यक देखिन्छ । विदेशबाट फर्कने नागरिक वा अन्य जिल्लाबाट आउने नागरिकको सूचनाका लागि छुट्टै सूचना प्रणालीको विकास गरि पालिका पठाउनु वा प्रवेश गर्नुपूर्व अनिवार्य रूपले कोरोना परीक्षण गरी पठाउने व्यवस्था मिलाइनुपर्ने हन्छ । मास्क र सेनिटाइजर जस्ता संवेदनशील वस्तुको सेवा तथा आपूर्ति गुणस्तरीय र समयमै हुनुपर्ने तर्फ सूक्ष्म अनुगमन र एकद्वार प्रणालीको विकास गर्नुपर्ने हुन्छ ।

अधिकारी  पनौती नगरपालिका, काभ्रेपलाञ्चोक  प्रमुख प्रशासकीय अधिकृत हुन् 

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी !