Friday, April 23, 2021
Home प्रदेश विवाहित महिलाले मनाउने जितिया पर्व सुरु

विवाहित महिलाले मनाउने जितिया पर्व सुरु

निषेधाज्ञाकाबीच बजारमा चहलपहल बढ्यो

,

सप्तरी, राजविराज । कोरोनाको त्रास र निषेधाज्ञाको माहौलका बीच मधेशी समुदायका विवाहित महिलाले मनाउने जितिया पर्व सुरु भएको छ ।

पर्वको पहिलो दिन बुधबार ब्रतालु महिलाहरुले बिहानै स्थानिय खोला, नदी, पोखरी लगायतका जलाशयमा गएर स्नान गरि घिरौलाको पातमा पिन, तोरीको तेल, घिरौलाको फुल, सिन्दुर चढाएर जितवाहन भगवानको पूजा आराधना गरि पर्वको सुरुवात गरेका छन् ।

जितवाहन पर्व समेत भनिने यस अवसरमा ठाउँ ठाउँमा जितवाहन देउताको मूर्ती पनि स्थापना गरि पूजापाठ सुरु भएको छ ।

स्थानिय प्रशासनले निषेधाज्ञा जारि गरेपनि जितियाका ब्रतालुहरु बिहानैदेखी पूजा र प्रसाद किन्नका लागि बाहिर निस्कदा बजारमा चहलपहल समेत बढेको छ । जितवाहन भगवानलाई चढाएको तेल प्रसादका रुपमा परिवारका सबै सदस्यले शरीर र कपालमा लगाएपछि आर्शिवाद पाइने जनविश्वास छ ।

आश्विन कृष्णपक्षको सप्तमीका दिन जलाशयमा तेल, पिन आदि चढाएपछि सुरु हुने यो तीन दिने पर्वमा महिलाहरु घरमा मरुवा (कोदो) को रोटी, माछा लगायतका परिकार खान्छन् । शाकाहारीले भने गम्हरी (कोषाभित्रै फल्ने धान) को खिर वा भात खाएर पर्वको सुरुवात गर्ने चलन छ ।

पण्डित रुपकान्त मिश्रका अनुसार यस पर्वमा जितवाहन देउताको पूजा गरे सन्तानको आयू लामो हुने तथा परिवारमा सुख, शान्ति छाउने धार्मिक विश्वास रहेको छ ।

ब्रतालु अनितादेवीले आफ्ना सन्तान र परिवारको सुस्वास्थ्य तथा सुरक्षाको कामना गर्दै यो पर्व मनाउँदै गरेको बताइन् । उनले बुधबार जितवाहन देउताको प्रसाद ग्रहन गरेपछि ७२ घण्टासम्म निर्जला अर्थात पानी समेत सेवन नगरिकन उपवास बस्ने पनि सुनाइन् ।

थारु समुदायमा समेत पारम्परिक गीत, संगितका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ । प्रकृतीको अर्चना पनि थारु समुदायको जितियाको एउटा महत्वपूर्ण पाटो हो । तर आमाको माया सम्झाउने यो पर्व पनि यस पल्ट अन्य पर्व झैं कोरोनाको महामारीका कारण रौनकता पाउन नसकेको स्थानियको भनाई छ ।

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

साताका लोकप्रिय समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

कांग्रेसको निर्वाचन समिति संयोजकको जिम्मेवारी महादेव यादवलाई

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवलाई दिइएको छ । निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

प्रतिजैविक सहनशील जीवाणुको बिगबिगी

पृष्ठभूमि जीवाणु ढुसी तथा एकटोमाइसेट तथा सूक्ष्म जीवाणुबाट उत्पादित तत्वलाई एन्टिबायोटिक प्रतिजैविक भनिन्छ । जसले जीवाणु तथा ढुसीजन्य मानिस तथा पशुपक्षीका रोगका कारक तत्वलाई मार्ने...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

आगामी बजेटका पाँच प्राथमिकता

आगामी आर्थिक वर्ष २०७७-७८ का लागि १५ जेठमा बजेट जारी हुँदै छ । जनआन्दोलन–२ पछि गठन भएका सरकारका अर्थमन्त्रीलाई करिब एक दशक बजेट निर्माणको...

टिकापुरमा नाली खन्दा बम फेला पर्यो

टिकापुर ।  कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम...

बेरुतमा शक्तिशाली विस्फोटपछि लेबनानका प्रधानमन्त्रीद्धारा राजीनामा

बेरुत । गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीजनामा दिएका छन् । सो विस्फोटमा परी २०० जनाभन्दा बढीको...

भक्तपुरका अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव हुँदै गएको बेला भक्तपुरका अस्पतालहरुले...

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज...

स्वर्गीय सिंहको शोकमा सम्पूर्ण कार्यालय बन्द

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव स्वर्गीय राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गत सम्पूर्ण कार्यालय सोमबार बन्द गरिने भएको छ । स्व. सिंहको...

गाउँमा हात्ती आतंक, गाउँले रातभरी जागाराम

सप्तरी, राजविराज । कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तिले शनिबार मध्य रात सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा आधा दर्जन घर भत्काउनुका...

कोरोना सहायता कक्ष : झुलाघाट नाकामा १७८ को स्वास्थ्य परीक्षण

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा स्वास्थ्य परीक्षण कार्य जारी रहेको छ । सहायता...

ज्यान मार्ने मुद्दामा पक्राउ परेका वडाध्यक्ष पुन रिहा

बलेवा । जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको छ । ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ...

रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)