बझाङमा जीप दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ९ जना घाइते

बझाङ । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकाको लामाखेतमा जीप दुर्घटना हुँदा गाँउपालिकाकी उपाध्यक्ष पाउसरा थापा सहित ९ जना घाईते भएका छन् ।

बिहान ११ बजे महेश्वरी मावितर्फ जाँदै गरेको ०१००१ ज १२२० नम्बरको जीप पल्टिँदा दुई जना गम्भिर घाइते भएको प्रहरी चौकी छान्नाका ईन्चार्ज भुवन सिंह बोहराले बताए । अन्यको अवस्था सामान्य रहेपनि नरेन्द्र उपाध्याय र सुमन विक भने गम्भीर घाइते भएका छन् ।

जीपमा झण्डै १२।१३ जना सवार रहेका र जसमा अधिकांस विद्यार्थी रहेको बोहराको भनाई छ । गाउँपालिकाकी उपाध्यक्षको अवस्था भने समान्य रहेको बताइएको छ । घाइते सबै जनाको उपचारका लागि जिल्ला अस्पताल पठाइएको खप्तड छान्ना गाउँपालिकाका प्रबत्ता राम बहादुर सिंहले बताए ।

खप्तडछान्ना गाउँपालिकाको महेश्वरी माविमा आजदेखि सुरु हुन लागेको राष्ट्रपति रनिङसिल्ड तथा अध्यक्ष कपको उद्घाटन समारोहमा सहभागी हुनका लागि जाने क्रममा उपाध्यक्षसहित अभिभावक र विद्यार्थीहरु घाइते भएको गाउँपालिकाका प्रबत्ता सिंहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोस्रो स्थानीय तह निर्वाचन आज