सिरहा कारागारका ५९ जना कैदी बन्दीमा कोरोना संक्रमण

सिरहा । सिरहामा ६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जसमा ५९ जना सिरहा कारागारका कैदी बन्दी रहेको छन् । अन्य संक्रमितमा ७ नेपाली सेना र एक मिर्चैया नगरपालिकाका रहेका छन् ।

उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । पछिल्लो ३ दिनमा सिरहामा १४२ कोरोना संक्रमण देखिएको छ।

योसँगै सिरहामा सक्रिय संक्रमितको संख्या २६५ पुगेको छ। अहिलेसम्म ३५५ जना निको भएर घर फर्किसकेका छन् । सिरहामा हालसम्म १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा