बन्दाबन्दीको असर : धमाधम बन्द हुँदै होटल

इलाम । इलाम सदरमुकामको बसपार्क स्थित गजुरमुखी होटल भदौको शुरु देखिनै बन्द छ । कोरोना संक्रमणको कारण बँखाबन्दी भएसँगै होटल सञ्चालन गर्न समस्या भएपछि बन्द भएको हो । होटल सञ्चालक कृष्ण राईले मासिक एक लाख रुपैयाँ तिरेर होटल लज सञ्चालन गरेको र बन्दाबन्दी समयको तीन महिनाको भाडा घरबेटीले छुट दिए । तर बाँकि रहेको पुरै रकम तिरेर व्यवसाय सञ्चालन गर्न नसकिने भएपछि होटल चलाउँन छाडेको बताउँछन् ।

बसपार्कमै २५ वर्षदेखि सञ्चालनमा रहेको तमु होटल पनि बन्द छ । लकडाउन पछि होटलले व्यहोर्दै आएको नोक्सानी थेग्नै नसक्ने अवस्थामा पुगेपछिे व्यवसाय बन्द गर्ने निर्णयमा पुगेको हिमा गुरुङ्गको भनाई छ । उनले भनिन्, ‘होटल नचलेको छ महिना भइसक्यो, अब कहिले अवस्था सहज हुन्छ टुङ्गो छैन होटल बचाउन नसकिने भयो बाच्न पनि नसकिने अवस्था भएपछि बन्द गर्नु बाहेकको बिकल्प छैन ।’ मासिक ६० हजार रुपैयाँ भाडा तिरेर होटल सञ्चालन भएको थियो । होटल बन्द गरेकी गुरुङ्गलाई अब के व्यवसाय गर्ने भन्ने पनि अन्योलै छ ।

सोहि ठाउँमा रहेको हाम्रो पोखरेली होटल पनि होटल बन्द गर्ने सोचमा छन् । पोखरेली होटलका सञ्चालक विजय रार्ई बसपार्क भन्दा अपायक पर्ने ठाउँको निर्माणाधिन घरमा होटल चलाउने तयारीमा छन् । अहिलेकोे होटलमा मासिक तीन लाख रुपैयाँ भन्दा बढि नोक्सानी छ । बसपार्कजस्तो ठाउँको होटल छाड्नुपर्ला भन्ने कँहि कतै पनि सोचेका थिएनन् । उनले दुई ठाउँ होटल सञ्चालन गर्ने सोचमा थिए तर होटल बन्द गर्नु पर्ने अवस्थामा पुगेको दुखेसो पोख्छन ।

मानिसहरुको मुख्य आवतजावत हुने बसपार्क क्षेत्रमा होटल व्यवसाय गरिरहेका धेरैले होटल बन्द गरिसकेका छन् । भाडामा होटल चलाइरहेका व्यवसायीहरु धमाधम होटल बन्द गर्दैछन् । बसपार्कका अरु होटलहरुपनि धमाधम बन्द हुने अवस्थामा छन् । खर्च धान्न नसकेर कतिपय व्यवसायीले होटलनै विक्री गर्न खोज्दैछन् । लगानी असुरक्षित हुने भएपछि होटल किन्न कोही पनि तयार देखिदैनन् । घरधनीले लकडाउन अवधिको भाडामा केही छुट गरेको भएपनि पहिलेकै भाडा तिरेर होटल चलाउन सम्भव नहुने भन्दै व्यवसायीहरु पलाएन हुन थालेका छन् ।

लकडाउनको अवधिमा इलामका ७५ प्रतिशत होटल सञ्चालकले छुट पाएको होटल एशोसिइसन इलामका अध्यक्ष देवी पौडेलको भनाई छ । कतिले ५० प्रतिशत छुट पाएका छन् भने कतिले सवै पुरै रकम छुट पाएका थिए । तर लकडाउनको अन्त्यपछि पुरै घरभाडा लिन थालेपछि व्यवसाय छाड्नुपर्ने बाध्यतामा पुगेको पौडेलले बताए । उनले भने ‘पहिले होटल चलेको बेलाका जस्तै भाडा लिने हो भने व्यवसाय छोड्नेको संख्या अझ बढ्छ, धेरै व्यवसायी दशैंसम्म पर्खिर बसेका छन्, त्यसपछि समेत अवस्था फेरिएन भने होटल व्यवसाय छाड्नेको संख्या धेरै पुग्ने बाध्यता छ ।

‘वैकले किस्ताको लागि ताकेता गरेको छ, तिर्नसक्ने अवस्था छैन । ठूलो लगानीमा स्थापना भएका होटलहरु समेत बन्द हुने अवस्थामा छन् ।’ इलाम जिल्लामा चारसय ४० भन्दा बढि होटलहरु सञ्चालनमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन विपरीत दिएका उम्मेदवारी फिर्ता लिन तीन दलको अपिल