Monday, July 26, 2021
Homeविदेशकोरोना संक्रमितको फोक्सो र मुटुमा समस्या आउने : अध्ययन

कोरोना संक्रमितको फोक्सो र मुटुमा समस्या आउने : अध्ययन

,
sharethis

वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ ।

यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको समस्या समाधान हुने तर समय भने लाग्ने पनि निश्कर्ष निकालेका हुन् ।

उनीहरुले कोरोनाका कारण समस्या सृजना भएका धेरै फोक्सो र मुटुका समस्या समाधान हुने अध्ययनबाट पुष्टि गरेका छन् ।

यस अध्ययनमा कोरोनाभाइरसबाट अति प्रभावित अष्ट्रियाको टिरोलन क्षेत्रका पीडितहरुलाई समेटिएको थियो ।

अध्ययनमा सहभागीहरु अस्पताल भर्ना भएका १५० जना विरामी नै थिए । उनीहरु अप्रिल २९ देखि जुन ९ सम्म अस्पताल बसेका विरामी हुन् । शुरुमा ८६ विरामीमा सर्वेक्षण गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि छ हप्ता, १२ हप्ता र २४ हप्तासम्म पनि उनीहरुमाथि अध्ययन गरिएको थियो । उनीहरूको अध्ययन गर्नेक्रममा चिकित्सकीय परीक्षण र प्रयोगशालाको परीक्षणको रिपोर्टहरुलाई विश्लेषण गरिएको थियो ।

त्यसैगरी रगतमा अक्सिजन र कार्बनडाइअक्साइड, फोक्सोको कामको अवस्थाको परीक्षण, सिटी स्क्यान र इकोकार्डियोग्रामको समेत विवरणहरुलाई हेरिएको थियो ।

यी सवै विवरणहरुका आधारमा पहिलो पटकको नतिजा हेर्दा झण्डै ८८ प्रतिशत विरामीमा फोक्सोको समस्या देखिएको थियो ।

त्यसैगरी डिस्चार्ज भएको १२ औँ हप्तामा दोस्रो पटकको परिक्षण विवरण हेर्दा ५६ प्रतिशतमा मात्रै त्यस्तो समस्या देखिएको अध्ययनकर्ताहरुले बताएका छन् ।

यसरी जति पछि हुँदै गयो, त्यति धेरै विरामीका मुटु र फोक्सोको समस्यामा कमी हुदै गएको देखिएको अध्ययनकर्ताहरुको भनाइ छ ।

(Visited 221 times, 1 visits today)
Loading comments...

आजको समाचार

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

साताका लोकप्रिय समाचार

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु-याउने निर्णय गरेको छ । साथै बैठकले...

महाधिवेशन समयमा नै सम्पन्न गर

नेपाली कांग्रेसका नेता तथा सभापति शेरबहादुर देउवाले नयाँ सरकारको कार्यभार सम्हालेसँगै नेपाली कांग्रेस पार्टीको आन्तरिक लोकतन्त्रमा फेरि समस्या देखिएको छ । समयमै सम्पन्न गरिनुपर्ने...

समाजवादी क्रान्तिका लागि “आईटी आर्मी”, संयोजकमा चन्द्र भुषण साह चयन

  काठमाडौँ । प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी घोषणा गरिएको छ । युवा...

ट्रेन्डिङ

कोरोनाको त्रासले पछि हट्दै सूर्यवंशी

मुम्बई । दुई सातापछि प्रदर्शनमा आउने भनिएको बलिउड फिल्म ‘सूर्यवंशी’को प्रचारप्रसार रोक्न निर्माण पक्षले एजेन्सीलाई सूचना पठाएको छ । विश्वमा फैलँदै गएको कोरोना भाइसरको...

कोरोना संक्रमणबाट आज थप एकको मृत्यु, उनी १७ गते मात्र कतारबाट आएका थिए

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुष्पराज कुमालको कोरोना संक्रमणबाट...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)