एक्लो बहादुरी र वीरताले मात्र विकास र समृद्धि हुँदैन :मन्त्री विश्वकर्मा


वीरगन्ज । नेपाल सरकारका खेलकुद मन्त्री जगत विश्वकर्माले एक्लो बहादुरी र वीरताले मात्र विकासको काम र समृद्धि हुन नसक्ने बताएका छन् । डेड दशक यता स्तरीय ‘गेम हुन नसकेको पर्साको नारायणी रंगशालामा स्तरीय कभर्डहलको बिहिबार शिलान्यास गर्दै मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् ।


‘मुलुकको समृद्धि कुनै विदेशीले आएर गरिदिंदैन, विकास, निर्माणका काममा दलगत आग्रह पूर्वाग्रहभन्दा माथि उठ्नु पर्छ । विकास र समृद्धिमा तीनवटै सरकार र सरोकारवाला सबैको सहकार्य आवश्यक पर्छ उनले भने ।
खेलकुद पनि विकास र समृद्धिको आधार मध्ये एक भएकोले पूर्वाधार निर्माणका काम धमाधम भइरहेको उनको भनाइ छ । १३ औं सागको लागि ९ महिनामा हतारमा काठमाण्डौ लगायतका ठाउँमा रंगशाला निर्माण लगायत खेलकुदको पूर्वाधारका काम भए । आखिर त्यो अहिले पनि मुलुकले पाएको छ । त्यसैले यस्ता पूर्वाधार सातवटै प्रदेश र हरेक पालिकाहरुले पाउनु पर्छ । हरेक प्रदेशमा स्तरीय रंगशाला र हरेक पालिकामा खेलग्राम बन्नु पर्छ । सरकार यो लक्ष्यका साथ काम गरिरहेको छ उनले भने ।


मुलुकको दोस्रो ठूलो रंगशाला पर्साको नारायणी रंगशालामा शिलान्यास भएको स्तरीय कभर्डहलको शिलान्यास पनि खेलकुदका लागि सुरु भएको पूर्वाधार निर्माणको काम मध्येको एक भएको मन्त्री विश्वकर्माको दावी छ । यो कभर्डहलको समयमा नै निर्माण सम्पन्न र स्तरीय कामको लागि भने यहिंका खेलाडी, नागरिक समाज, स्थानीय पालिकाका जनप्रतिनीधि सबैको चासो र सहकार्य भइरहनु पर्छ । म बजेटको कमी हुन दिन्न उनले भने ।


दशरथ रंगशाला पछि मुलुकको दोस्रो ठूलो नारायणी रंगशाला हुँदा हुँदै पनि यसको स्तर वृद्धि नगरी प्रदेश २ सरकारको बहकावमा यो रंगशलालाई उपेक्षा गरियो भन्ने स्थानीय खेलाडी तथा नेताहरुको आरोपको भने उनले खण्डन गरे । जनकपुरको रंगशालाका लागि ५ करोड विनियोजन गरेको छु । पुरानो इतिहास बोकेको नारायणी रंगशालाको लागि ७ करोड विनियोजन गरेको छु । म यो रंगशालाको इतिहास ओझेलमा पर्न दिन्न । तर नयाँ ठाउँमा पनि थप संरचना बन्नु पर्छ भन्ने मात्र हो उनले बताए । तथापि पर्सावासी शिथिल नभई घच्छच्याउने काम गर्न भने भुल्नु हुन्न उनले थपे ।


संविधान सभा सदस्य रामचन्द्र साह, पर्साका नेकपाका अध्यक्ष प्रभु हजारा, नेपाली कांग्रेसका सभापति अजय द्विवेदी लगायतले लामो इतिहास बोकेको मुलुकै दोस्रो ठूलो नारायणी रंगशालामा स्तरीय खेलकुद हुन सक्ने पूर्वाधारको डीपीआर पहिले नै बनिसकेकोले त्यसको आधारमा बजेट विनियोजन गर्न सुझाव दिए ।


मन्त्री विश्वकर्माले बिहिबार शिलान्यास गरेको नारायणी रंगशालामा निर्माण हुने कभर्डहलको कुल लागत साढे १४ करोड लाग्ने डिपीआर बने पनि पिलिन्थ लेवल सम्मको लागि १ करोड १३ लाखमा कादम्बरी कन्ष्टक्सनले गर्ने गरी शिलान्यास गरिएको मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका मोहम्मद ज्याहुलले बताए । नारायणी रंगशालाको कुल निर्माणको लागत भने २ अर्ब ६४ करोडको हुने सम्पन्न डिपीआरमा उल्लेख गरिएको छ । यो कभर्डहल सम्पन्न भए विभिन्न प्रतियोगिता हलभित्र नै गर्न सक्ने गरी जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
गुल्मीमा काँग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो