रोल्पाका बालबालिकाहरुको हितका लागि राम्रो प्रयास भएकोछ :सामाजिक विकास मन्त्री बराल

बुटवल ।सामाजिक विकास मन्त्रालय र रोल्पा जिल्लाका स्थानीय तहहरूसँग बालश्रम न्यूनीकरण तथा सञ्चालित परियोजनाहरूको सिकाई आदानप्रदान कार्यक्रम प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको आतिथ्यमा बुटवलमा सम्पन्न भएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला समन्वय समिति रोल्पा, त्रिवेणी गाउँपालिका रोल्पा र हुरेक नेपाल रोल्पाको संयुक्त आयोजनामा भएको रोल्पामा बालबालिकाहरुको सवाल र प्रयासहरुको कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री बरालले रोल्पामा बालबालिकाहरुको हितका लागि राम्रो प्रयास भएको बताए । त्रिवेणी गाउँपालिका रोल्पाले बालश्रमका लागि न्यूनिकरण गरी नमूना गाउँपालिका गर्न लागेकोमा खुसी व्यक्त गर्दै आफ्नो सहयोग रहने बताए ।

कार्यक्रममा सामाजिक विकास महाशाखाका प्रमुख शारदा बेल्वासेले प्रदेश सामाजिक विकास मन्त्रालयले बालबालिकाहरुको क्षेत्रमा गर्ने कार्य रणनीतिहरुका बारेमा जानकारी गराएको थियो । उनले प्रदेश नं. ५, सामाजिक विकास महाशाखाको बाल अधिकार प्रवद्र्धन तथा सम्बर्धनात्मक कार्यक्रमहरू र आगामी दिनमा स्थानीय तहहरूसँगको सहकार्य तथा सहयोग रणनीतिको बारेमा बताउदै त्रिवेणी गाउँपालिकाले प्रशंसनीय कार्य गरेको बताए । उनले रोल्पाको बालबालिकाहरुको क्षेत्रमा योगदान गर्ने र त्रिवेणी गाउँपालिकामा बालश्रम मुक्त घोषणा गर्न सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले गरिवीले गर्दा बालश्रम हुने गरेको र यसमा न्यूनीकरण गर्न व्यवहारमा र सोचमा परिवर्तन गर्न आवश्यक रहेको बताए । त्रिवेणीले जस्तै रोल्पाका सबै स्थानीय तहमा बालश्रमको क्षेत्रमा काम गर्न सकेमा जिल्ला प्रदेशमै बालश्रम मुक्त घोषणा हुन सक्ने उनको भनाई थियो ।

कार्यक्रममा त्रिवेणी गाउँपालिकाले आफूले बालबालिकाको क्षेत्रमा गरेका प्रगतिस्वरुप प्रस्तुतीकरण गरिएको थियो, भने सेभ द चिल्ड्रेन र हुरेकले जिल्लामा गरेका कार्यक्रमका बारेमा सेभ द चिल्ड्रेनका टेक्निकल म्यानेजर दिल एयरले प्रस्तुती गरे ।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सावित्रा बुढाले स्वागत गरेको थियो । कार्यक्रमको संचालन गाउँपालिका नायव सुब्बा प्रेम पुनले गरेको थियो, भने कार्यक्रमका बारेमा हुरेकका अध्यक्ष घनश्याम आचार्यले वा जानकारी दिए । बुटवलमा भएको सो कार्यक्रममा रोल्पामा सबैे स्थानीय तहका महिला बालबालिका शाखाका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

ललितपुरमा ८२ जना कोरोना संक्रमित
सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन अपिल
चित्तल बोकेको एम्बुलेन्स प्रहरी नियन्त्रणमा
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो
साझा पार्टीका प्रदेस सभा सदस्य शाक्यले दशैं भत्ता नलिने
बेहोस अवस्थामा बलात्कार, गर्भ बसेपछि समाजको तिरस्कार

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी