सताक्षी गोल्डकप: दर्शकको साथ गोर्खा व्वाईजलाई, जित भने मछिन्द्रको


शिवसताक्षी । झापाको झिलझिलमा जारी सताक्षी गोल्डकपको तेश्रो संस्करण अन्तर्गतको वुधबारको खेलमा मछिन्द्र क्लव काठमाण्डौ अन्तिम चारमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज फुटवल क्लब वुटवललाई २–१ को झिनो गोल अन्तरले पछिपार्र्देै मछिन्द्र प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


मछिन्द्रले फाइनल प्रवेशका लागि त्रिभुवन आर्मीको सामना गर्नेछ । सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा भएको खेलमा ए डिभिजन लिग विजेता मच्छिन्द्रले गोल्डकपमा सुखद् सुरुवात गरेको थियोे ।
गोर्खा ब्वाइजले सुरुवाती अग्रता लिए पनि जित निकाल्न भने सकेन । खेलको १६ औँ मिनेटमा गोर्खा ब्वाइजका तर्फबाट विदेशी खेलाडी काजिमले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले ओलाकेजीको पासलाई गोलमा परिणत गरे । दर्शकको राम्रो सपोर्ट पाएको गोखा व्वाईजको अग्रता पहिलो हाफको २५ मिनेट सम्ममात्र टिक्न सक्यो ।


मच्छिन्द्रका रञ्जित धिमालले गरेको कर्नर प्रहारलाई विदेशी खेलाडी आन्द्रेस निअले गोलमा परिणत गरिदिएर खेललाई वरावरीमा ल्याए । पहिलो गोल गरेको ८ मिनेट पछी खेलको ३३ औँ मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । सरोज योञ्जनको हातमा बलले छुँदा पाएको पेनाल्टीलाई मच्छिन्द्रका विमल घर्ती मगरले गोलमा परिणत गरे ।
बुधबारको खेलमा पेनाल्टी गोल गरेका मछिन्द्रका विमल घर्तीमगर म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।


प्रतियोगिता अन्तर्गत बिहीबारबाट सेमिफाइनलका खेलहरु हुनेछ । सेमिफाइनलको पहिलो खेल आयोजक सतासीधाम स्पोर्टिङ क्लब झापा र थ्री स्टार क्लबबीच हुनेछ । क्वार्टर फाइनलमा आयोजकले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको हो भने थ्री स्टारले बेलबारी फुटबल क्लब मोरङलाई पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका २९२ उम्मेदवारको धरौटी जफत