इलाममा फोटो प्रतियोगिता हुने

इलाम । नगरको पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न विश्व पर्यटन दिवसको अवसरमा इलाममा फोटो प्रतियोगिता हुने भएको छ । इलाम नगर पर्यटन समितिको मुख्य आयोजना तथा नेपाल फोटो पत्रकार महासंघ, इलाम शाखाको सहआयोजनामा असोज ११ गते दिवसको अवसरमा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितमा पहिलो, दोस्रो तथा तेस्रो हुने फोटोलाई क्रमशः दश हजार, छ हजार र चार हजार नगद प्रदान गरिने नगर पर्यटन समितिकी अध्यक्ष सुशीला सापकोटाले बताइन ।

प्रतियोगीहरुले सहभागिता जनाउनको लागि दुई वर्ष भित्र इलाम नगर क्षेत्रमा खिचिएको कम्तिमा पाँच वटा फोटो इमेल मार्फत उपलब्ध गराउनु पर्नेछ । उत्कृष्ट फोटोलाई पहिलो , दोस्रो र तेस्रो हुनेलाई पर्यटन दिवसको अवसरमा पुरस्कृत गरिने आयोजकको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ