यस्तो थियो सञ्चारमन्त्री बाँस्कोटा र मिश्रबीचको घुस संवाद

यस्तो थियो सञ्चारमन्त्री बाँस्कोटा र मिश्रबीचको घुस संवाद

विजय मिश्र : १२ गते १२ बजेपछि स्विस एम्बेसी आउँछ । त्यसमा उनीहरू, स्विस एम्बेसीले आउने हो, तपाईंहरूले बोलाएर आउने होइन । सकेसम्म एमओयू गर्ने हो कि भन्ने ऊ गर्नुभएको छ । उसले तपाईंहरूको कार्यक्रम’bout उमेश दाइले चाहिँ छुट्टै छलफल गर्न चाहेको छ । तपाईंले टाइम मिलाइदिनुप¥यो । अनि उसका लागि आउट अफ ट्र्याक जाने कि तपाईंले भनेअनुसार नै जाने, ल भन्नुस् ।
यसअघि अँ–अँ मात्र भनेका सञ्चारमन्त्री बाँस्कोटा बोल्छन्, ‘अब क्यापासिटीको कुरा ।’.
विजय : कुरा चाहिँ मैले राखेको छु उनीहरूलाई ।
बाँस्कोटा : उनीहरूले नर्मलमा ५० भन्या ? उनीहरूलाई कति निकाल्छन् ?
विजय : यसमा टोटल पर्सेन्टेजमा आउने हो ।
बाँस्कोटा : कति निस्कन्छ, त्यो हेरौं न ।
विजय : त्यहाँ केही न केही त भइराखेको छ, त्यही बेसमा जाने हो हामी त । मेनिस उनीहरूकै ल्याउने भएपछि अर्कोले पनि उनीहरूको भन्दा अलि बढी हालेको होला । यसमा केही छैन, बेसचाहिँ तपाईहरूकै उसमा जाने हो हामी ।
बाँस्कोटा : अब सकेसम्म २५र२७ अर्बमा सक्न पाए हुन्थ्यो भन्ने लागेको छ । मान्नुस २५ निस्कियो भने कति आउँछ ?
मिश्र : ७० जत्ति आउँछ कि । आउट अफ ट्र्याकमा जाँदा ६० देखि ७० को हाराहारीमा ।
बाँस्कोटा : तपाईलाई के गर्छन् ?
मिश्र : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा हामीले ७० प्रतिशत तपाईहरूलाई दिने, ३० प्रतिशत हामीले राख्ने हो । यसमा एकदम ट्रान्सपरेन्ट हुन्छ ।
बाँस्कोटा : कति हुन्छ ?
मिश्र : तपाईहरूलाई ५४र५५ आउने हो । १५र१६ हामीलाई । हामीले पनि त हैन‘ ।
त्यसपछि बास्कोटाले ‘मु’ कर्मचारी भन्दै अश्लील बोल्छन् र उनीहरूसँग कुरा नगर्न मिश्रलाई आग्रह गर्छन् । प्रस्ताव बनाउनेतर्फ संकेत गर्दै उनले ३५ अर्बको प्रस्ताव बनाउनेलाई २७ मा झार्न सकिन्छ भने २८ बनाऊ भन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानका दिन सवारीसाधन नचल्ने, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने