कांग्रेसको अन्तरिम संरचना ३० जिल्लामा मात्रै

काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधानअनुसार पार्टी अन्तरिम संरचना ३० जिल्लामा मात्रै बनेको छ । तीनपटक म्याद तोक्दा पनि पार्टीको संरचनाको समायोजन गर्न सकस परेको कांग्रेसले पुनः १५ फागुनसम्मको समय तोकेर अन्तरिम संरचना समायोजन गर्न जिल्ला समितिहरूलाई निर्देशन दिएको छ ।

तर, पछिल्लो पटकको म्याद सकिन एक साता मात्र बाँकी रहँदा ३० जिल्लामा मात्रै संरचना बनेको हो । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी पदाधिकारीसहित बसेको केन्द्रीय निर्वाचन समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्का र समिति संयोजन राधेश्याम अधिकारीले ३० जिल्लामा समायोजनको सम्पूर्ण प्रक्रिया सम्पन्न भएको जानकारी गराएका हुन् ।

उनीहरूले बाँकी जिल्लामा पनि समायोजनको काम तीव्र रूपमा अगाडि बढेको बैठकमा जानकारी गराएका छन् । बैठकमा पार्टी संरचनाहरूको समायोजन प्रक्रियाको प्रगतिका विषयमा छलफल भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 440 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर मतगणना : समाजवादीका उम्मेदवारको मत ३ हजार बढी