सप्तरीको छिन्नमस्तामा जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न

राजविराज । यहाँस्थित छिन्नमस्ता एजुकेशनल मेडिकल कलेज एण्ड अस्पतालले जटिल मानिने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । सप्तरीको रुपनी गाउँपालिका ३ हर्दिया कटैया निवासी ५० वर्षीय कमलकुमार साहको जटिल रोगको शुक्रबार राति सफल शल्यक्रिया गरिएको हो । साहको स्पाइनल कोडमा भएको ट्युमर (मेरुदण्डमा पलाएको मासु) को चार घण्टाको प्रयासपछि सफल शल्यक्रिया गरिएको सो अस्पतालले जनाएको छ ।

यस्तो शल्यक्रिया जिल्लामै पहिलो पटक गरिएको सो अस्पतालका चिकित्सकहरुको भनाई छ । वरिष्ठ सर्जन डा. राजिव मिश्रा, डा. ज्ञानेन्द्र कुमार झा, डा. सरोज कुमार साह, एनेस्थेटिस्ट डा. पारषमणि साहलगायतका चिकित्सक टोलीले शल्यक्रि सम्पन्न गरेका हुन् ।

आर्थिक अवस्था निकै कमजोर भएका साह जिल्ला बाहिर विभिन्न अस्पतालको चक्कर लगाउँदै यहाँ आइपुगेको अस्पतालका संचालक शैलेन्द्र मोहन झाले बताए । गम्भिर अवस्थामा अस्पताल आइपुगेको र अन्यत्रका अस्पतालले शल्यक्रिया वापत मागेको शुल्क तिर्न हैसियत नभएको लाचारी समेत सुनाएपछि साहको विशेष छुट सुविधामा अस्पतालका अनुभवी चिकित्सकहरुद्वारा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको संचालक झाको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान