Tuesday, October 27, 2020
Home प्रमुख भिरखर्क पहिरो : सास नभए पनि लाश पाउँने आश बाँकी नै छ

भिरखर्क पहिरो : सास नभए पनि लाश पाउँने आश बाँकी नै छ

सिन्धुपाल्चोक । पहिरोले बगर बनाएको एउटा डिलमा बसेर उनी टोलाईरहेका छन् । शरिरमा सेतो पछौयरा ओढेका उनी आफन्तको आशौचमा छन्,नजिकै स्काभेटरले केही खोत्लदै छ,स्काभेटरले जति पटक माटो उप्काएर फाल्छ त्यती नै पटक उनको नजर त्यतै हुन्छ । स्काभेटरले लगातार भग्नावशेष पन्छाइरहेको छ,र बेपत्ता प्रियजनको शव भेटिन्छ कि भनेर डिलबाट टुलुटुल हेरिरहेका छन् उनी । तर, खोजीमा लागेकाका अनुसार अब शव भेटिने संभावना न्यून छ । तर, लाश नपाएसम्म आश भइहाल्छ ।

टेण्टमा बसीरहेका उनी केही बेरपछि उही पहिरोले बगर बनाएको स्थानमा पुग्छन् र केही बेर त्यही डिलमा बसेर त्यहाँको दृष्य हेर्दा आँखाको डिलसम्म आँसु आइसकेको छ तर पनि उनी आँसु लुकाउन खोज्छन्,आँसु लुक्दैन तप्प आँसु चुहिन्छ अनि आफन्तको वियोगमा रहेका स्थानीय राजु नेवार फिस्स हाँस्दै भन्छन् ‘अझै भेटिन्छ की भन्ने आशा त बाँकी नै छ ।’ बाह्रविसे नगरपालिका–७ घुम्थाङ को भिरखर्क पहिरोमा १६ जनाको एकै चिहान भयो,पहिरोमा अझै १५ बेपत्ता छन् । हराइरहेका १५ जनामध्ये कसैको शव भेटिन्छ कि भन्ने आश अझै मरिसकेको छैन । र त स्काभेटरले पहिरो खोस्रिरहेकै छ । आफना प्रियजनको निसान मात्रै पनि भेटिन्छ कि भन्ने आशमा आशौच बारेका सन्तान मध्ये पहिरोमा आएर कुर्छन र फर्किन्छन् । बेपत्ता भएकाहरु अब जीवितै भेटिने सम्भवना छैन तर पनि वेपत्ताका आफन्तहरुमा शास नभएपनि लास भेटिन्छ की भन्ने थोरै भएपनि आशा छ । भिरखर्क पहिरोमा आमा,भाई,बुहारी र भाइको छोरा छोरी पहिरोमा गुमाएका छन् राजुले । आमाको शब त्यही दिन भेटियो ,भाइको भने भोटेकोशी नदीले बगाएर बलेफीमा पु-याएपछि मात्रै भेटिएको थियो । आमा र भाइको त भेटियो अझै चार जनाको भेटिएको छैन नेवारले भने ।

बाह्रविसे नगरपालिका–७ घुम्थाङ को भिरखर्क पहिरोमा १६ जनाको एकै चिहान भयो,पहिरोमा अझै १५ बेपत्ता छन् । हराइरहेका १५ जनामध्ये कसैको शव भेटिन्छ कि भन्ने आश अझै मरिसकेको छैन । र त स्काभेटरले पहिरो खोस्रिरहेकै छ । आफना प्रियजनको निसान मात्रै पनि भेटिन्छ कि भन्ने आशमा आशौच बारेका सन्तान मध्ये पहिरोमा आएर कुर्छन र फर्किन्छन्

पहिरोमा राजुले आफ्नो परिवार सहित गाउँका १४ जना गुमाए, ‘हामीहरु बाह्रविसेमा बस्दै आएका थियौ,आमा र भाइ गाउँमा नै थिए,एकै चिहान भयो ।’ राजुले भने । पहिरोमा बेपत्ताको खोजीमा बाह्रविसे नगरपालिकाले चार दिनदेखि स्काभेटर लगेर पहिरो पन्छाएर खोजीरहेको छ । केहीलाई भेटाएपनि राजुको आफन्त भने अहिलेसम्म भेटिएको छैन । पहिरोले बगर बनाएको तिर देखाउँदै राजुले भने–‘हाम्रो घर ऊ त्यही थियो,अहिले त बगर नै बनायो ।’ आफन्त गुमाउनुको पीडा त छदै छ त्यो भन्दा पनि आफन्तहरुको परम्परा अनुसार काजकिरीया गर्न पनि समस्या भएको उनले बताए । अझै चार जना भेटिएको छैन,किरीया बस्ने ठाउँ पनि छैन राजुले भने ‘अब ११ दिनसम्म हेरछौ,भएन भने सामान्य रुपमा भएपनि काजकिरीया गछौ ।’

घुम्थाङ नागपुजेका राजेन्द्र श्रेष्ठले पनि भिरखर्क पहिरोमा आमा,बाबु र बहिनीलाई एकैपटक गुमाए । उनी पनि आफन्तको खोजीमा आशौच बारेर बसिरहेको ठाउँबाटै पहिरो स्थलमा आइरहन्छन् । आमाको शब फेला परे पनि बाबु र बहिनी बेपत्ता छन् । राजेन्द्र पनि पहिरोले खण्डहर बनाएको त्यहाँ रहेको विद्यालय छेउको एउटा डिलमा छन् र उनी पनि राजु ले जस्तै गी सेतो पछौयार ओडेका छन् र उनी पनि अरु जस्तै त्यही स्काभेटरले उत्खनन् गरिरहेको हेरिरहेका छन् । पहिरो गएको भोलीपल्ट देखिनै राजेन्द्र,राजु लगायत पहिरोमा आफन्त गुमाउनेहरुको दैनिकी यही नै चलिरहेको छ ।

घुम्थाङ नागपुजेका राजेन्द्र श्रेष्ठले पनि भिरखर्क पहिरोमा आमा,बाबु र बहिनीलाई एकैपटक गुमाए । उनी पनि आफन्तको खोजीमा आशौच बारेर बसिरहेको ठाउँबाटै पहिरो स्थलमा आइरहन्छन् । आमाको शब फेला परे पनि बाबु र बहिनी बेपत्ता छन्

यो पनि पढ्नुहोस   रौनक नभएको दसैं

बिहानदेखि बेलुकीसम्म पहिरोमा नै हुन्छन् र बेलुकी भएपछि बास बस्न टेन्टमा पुग्ने गरेका छन् । ‘आमालाई सग्लो भेट्यौं ,गालाको छेउमा अलिकति चोट रहेछ ।’ राजेन्द्रले भने ‘यहाँ आउँदा त मेरो घर नै यहाँ थियो जस्तो लग्दैन । आँख चिम्म गर्छु झलझी आमाको तस्विर आँखा भरी आउँछ,आमा आउनु हुन्छ की जस्तो लाग्छ अझै पनि ।’ राजेन्द्र भावुक हुदै भन्छन् ।

आमाले छिमेकी गाउँ लिस्तीबाट आठ वटा खसी ल्याउनु भएको रहेछ,गाउँकै समुहबाट ऋण गरेर खसी ल्याएपनि ऋण्ले च्यापेपछि दुइ दि न अघि मात्रै फोन गरेर–‘छोरा दशैमा त यो सबै खसी बेच्नु प-यो,ऋणले च्याप्यो’ भनेर आमाले भनेको शब्द नै राजेन्द्र र आमा बिचको अन्तिम कुराकानी भयो । ‘आमाले सात वटा खसी बिक्री गर्ने र एउटा दशैंमा खाने बताउनु भएको थियो ।’ यति भन्दा उनी त्यहाँ भन्दा अगाडी बोल्नै सक्दैनन् ।

भदौ २७ गते रातीको समयमा भिरखर्कबाट आएको पहिरोमा परी १६ जनाको मृत्यु भयो भने अझै बेपत्ता छन् । पहिरोमा मृत्यु भएका भिरखर्कका प्रायको शब भेटिएपनि भिरखर्कभन्दा तल नागपुजेका भने अझै हराइरहेको छन् । पहिरो स्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार वेपत्ताहरुको नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी र स्काभेटरको सहायताले खोजी गरेपनि फेला पर्न नसकीएको जानकारी दिए ।

पहिरोमा परेर ज्यान गुमाएका र शब पनि फेला परेकाहरुको आफन्तले जिम्मा लिएर अन्तिम संस्कार समेत गरिसकेका छन् तर एकै घरका ६ जना सम्म परेका आफन्तहरुले केहीको शब फेला परेर शदगत गरेपनि नेभिटिएकाहरुको भने सदगत गर्न पाएका छैनन । आफन्तहरुलाई अझै पनि वेपत्ताहरु भेटिन्छ की भन्ने आशा छ,तर त्यही आशा पनि निराश हुदै गएको वेपत्ताका आफन्तहरुले बताएका छन् । घर भएको स्थानमा स्काभेटरले सबै माटो पन्छाए पनि नभेटीएको वडा अध्यक्ष मिनबहादुर श्रेष्ठले जानकारी दिए ।

घुम्थाङ त्यही गाँउ हो, जहाँ भदौ २७ गते राति विशाल पहिरो झरेको थियो । त्यसयता यो गाउँमा जीवन त छ । तर, निरस, निश्प्राण र अत्यन्तै कारुणीय, टिठलाग्दो ।

पहिरोमा परेर ज्यान गुमाएका र शब पनि फेला परेकाहरुको आफन्तले जिम्मा लिएर अन्तिम संस्कार समेत गरिसकेका छन् तर एकै घरका ६ जना सम्म परेका आफन्तहरुले केहीको शब फेला परेर शदगत गरेपनि नेभिटिएकाहरुको भने सदगत गर्न पाएका छैनन

बाह्रबिसे नगर क्षेत्रभरिकै राम्रो मानिएको गाउँ थियो नागपुजे । तर, २०७२ सालको विनाशकारी भूकम्पले गुजुमुज्ज बस्ती र एउटै लहरमा उभिएकाझैं देखिने घर–गोठ ढालिदियो । बाँचेपछि ओत लाग्ने थलो बनाउनै पर्ने, खनिखोस्री गर्नैपर्ने बाध्यताले यो गाउँमा पनि भूकम्पको पीडा बिर्सिएर उठ्न र जीवनको लयमा फर्कन खोज्दै थियो । तर, भदौ २७ गते राति प्रकृतिले यही नागपुजेलाई पुस्तौ–पुस्ताका लागि पुग्ने चोट दियो । भीमकाय पहिरो झ-यो यही सुन्दर गाउँमा । भीरखर्कबाट खसेको पहिराले भोटेकोसीसम्मको बाटो तय गर्दा नागपुजे खण्डहर–बगरमा परिणत भयो । पहिरोको मूल भंगालो नै बस्तीबीचबाट छिर्दा ठूलो मानवीय र भौतिक क्षति भयो । अहिलेसम्म १६ जनाको शव फेला परेको छ । १५ जना वेपत्तै छन् । पहिरोले गाउँ नै सिनित्त पारेर उर्लदो भोटेकोसीमा हेलिदिएकाले वेपत्ता भेटिने संभावना न्यून छ ।

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

सांसद पराजुलीलाई कोरोना संक्रमण, चालक पनि संक्रमित

धनकुटा । धनकुटाका प्रदेश सांसद ईन्द्रमणी पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । सांसद पराजुलीलाई...

रियलसँग बार्सिलोना पराजित

म्याड्रिड । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलको एल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । क्याम्पनाउमा...

भान डाइकले सिजन गुमाउन सक्ने

लन्डन । इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । प्रिमियर लिगको पछिल्लो खेलमा एभर्टनविरुद्ध चोट बोकेका डाइकको...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

भर्चुअल रुपमा जीवन रुपान्तरणको कला सिकाउँदै

कोभिड १९को महामारीका कारण दशैं लक्षित थु्रपै कार्यक्रमहरु स्थगित भएका छन् । तर, भिजनरी इन्टरनेसनले भने भर्चुअल रुपमा प्रेरणादायी लाभई ३६० डिग्री कार्यक्रम गरेर...

ट्रेन्डिङ

कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुग्‍यो

न्यूयोर्क । कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । वसिङ्टन राज्यमा कोरोनाको संक्रमणबाट थप चार जनाको मृत्यु भएको हो । राज्यमा...

सुस्मिताको विलाप

भो जाने सपना नदेख अबता छोरी त्यो घर महाँ भन्दैथ्यौं जननी तथापि किन हो बिर्सिएर आए यहाँ मिल्लने त्यो सुखको छमास नहुँदै छोडेर जाँदा पति यो मनको...

नवनियुक्त ३ मन्त्रीले लिए सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार...

आँचललाई अष्ट्रेलिया लैजाने इकु र बलेको प्रयास

काठमाडौं। नवगायक दिल बिश्वकर्माले आफ्नो पहिलो डेब्यु गीत 'अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । डान्सिङ बिटको रमाइलो गीतले विदेशमा होइन...

सिलवाल दोस्रोपटक राखेप सदस्यसचिव नियुक्त

काठमाडौं । निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल दोस्रोपटक नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले...

ज्लाटनको दुई गोल

मिलान । भेट्रान स्विडिस फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले सस्सुलोमाथि झिनो जित निकालेको छ । मिलानले घरेलु टोलीमाथि २–१ को जित...

लकडाउनको सदुपयोग धमाधम ‘रोड मार्किङ’

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको मौका छोपेर सडक विभागले रोड मार्किङ अर्थात् सडकको लाइन पेन्टिङको काम धमाधम अघि बढाएको छ ।...

नवदुर्गा गाउँपालिकाले २ वटा बस काठमाडौं पठायो

डडेल्धुरा । नवदुर्गा गाउँपालिकाले काठमाडौमा रहेका पालिकावासीको उद्दारका लागि शनिबार २ वटा बस डडेल्धुराबाट काठमाडौं पठाएको छ । विश्वभरि...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

पोग्बासँग ‘बालोन डी’ओर जित्ने क्षमता छ

लन्डन । इंग्लिस मिडफिल्डर एन्डर हेरेराले फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका अट्याकिङ मिडफिल्डर पल पोग्बासँग बालोन डी’ओर जित्ने सबै चिज रहेको बताएका छन्...

पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे

नेपालगन्ज । प्रकृति र वन्यजन्तुको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएका घरबास (होमस्टे)ले आयआर्जनमा राम्रो प्रभाव पारेको पाइएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लामा...

कोहलीको बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा

युएई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति रोयल च्यालेन्जर्स बैंगलोर विजयी भयो । कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोर विजयी भएको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)