मन्त्रिपरिषद पुनर्गठन हुने, नयाँ मन्त्री छान्ने जिम्मा ओली प्रचण्डलाई

फाइल तस्विर

काठमाडौं । पार्टी कार्यालय पेरिस डाँडामा आइतबार बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयले प्रवेश पाएको छ ।

पार्टी एकताको बाँकी काम टुंग्याउने सन्दर्भमा बसेको बैठकमा सरकारलाई प्रभावकारी बनाउनका लागि मन्त्रिपरिषद पुनर्गठनको कुरा उठेको थियो । मन्त्रिपरिषद पुनर्गठनलाई नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सकारात्मक लिएको एक नेताले जानकारी दिए ।

मन्त्रि पुनर्गठनका सन्दर्भमा मन्त्रिहरुको मुल्याङ्कन गरेर राम्रा काम गरेकालाई निरन्तरता दिने र प्रभावकारी काम गर्न नसकेकालाई विदा गर्ने विषयमा छलफल भएको छ । अध्यक्ष प्रचण्डले सबै मन्त्रिलाई एकैपटक विदा गर्दा नकारात्मक सन्देश जाने धारणा राखे । अध्यक्षद्धय र सचिवालय सदस्यको सहमतिमा नयाँ मन्त्रि छान्ने सहमति भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित