Saturday, December 5, 2020
Home Breaking News मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा, प्रधानमन्त्रीले दिए तीन विकल्प

मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा, प्रधानमन्त्रीले दिए तीन विकल्प

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार पुनर्गठन गर्ने निर्णय गरेको छ । पार्टी एकीकरणपश्चात् पहिलो पटक पेरिसडाँडास्थित कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउन सरकार पुनर्गठन गर्ने निर्णय लिएको हो । केही दिनअघि सम्पन्न स्थायी कमिटी बैठकले पनि सरकार पुनर्गठन गर्न सुझाव दिएको थियो ।

नेकपा सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको निर्णयअनुसार सरकार पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको बताए ।

‘आजको बैठकमा पहिलो एजेन्डाका रूपमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल भएको छ, भोलि फेरि बैठक बस्दै छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘स्थायी कमिटी बैठकको निर्णयअनुसार सरकारलाई अझै प्रभावकारी तथा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यलाई अगाडि बढाउने सन्दर्भमा विभिन्न विकल्पका बारेमा छलफल भयो ।’
उनले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भए पनि व्यक्तिको नाममा भने छलफल नभएको बताए ।

नेकपा स्रोतका अनसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा तीन विकल्प दिएका छन् । प्रधानमन्त्री ओलीले पहिलो विकल्पका रूपमा सबै मन्त्री हटाउने, दोस्रो विकल्पमा सुरुमा मन्त्री भएकाहरूलाई र तेस्रो विकल्प केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने गरी प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीले पहिलो विकल्पका रूपमा सबै मन्त्री हटाउने, दोस्रो विकल्पमा सुरुमा मन्त्री भएकाहरूलाई र तेस्रो विकल्प केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने गरी प्रस्ताव गरेका छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालसहितका सचिवालय सदस्यहरूले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने सुझाव राखेका छन् । यद्यपि, मन्त्रिपरिषद् पुनर्गठन गरेर सरकारलाई अझै प्रभावकारी बनाउनमा भने सबै नेता सहमत छन् ।

‘सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने,’ हालै सम्पन्न सचिवालय बैठकले गरेको निर्णयमा उल्लेख छ ।

यही निर्णयका आधारमा मन्त्रिपरिषद् पुनर्गठनका बारेमा सचिवालयमा नीतिगत छलफल सुरु भएको हो । स्थायी कमिटीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेसँगै मन्त्री बन्न नेताहरूको दौडधूपसमेत सुरु भएको छ । शक्ति सन्तुलनका आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुने भएकाले मन्त्री बन्नेको भीड शर्षि नेताहरूको घरमा सुरु भएको छ ।

हालै सम्पन्न स्थायी कमिटी बैठकले निष्कर्ष र निर्णयानुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने, संवैधानिक निकायमा हुने राजनीतिक नियुक्तिका लागि सरकारलाई निर्णय गर्न आधार तयार पार्ने, सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने बैठकका एजेन्डा रहेका छन् ।

यसैगरी विविधअन्तर्गत केन्द्रीय विभाग, केन्द्रीय समिति तथा स्थायी कमिटीमा रिक्त पदपूर्ति, कारबाही र केन्द्रीय कमिटी सदस्यलाई कसरी सहयोग गर्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ ।

यो पनि पढ्नुहोस   नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपाले संसद् सदस्य या अन्य सुविधाको पदमा नरहेका आफ्ना केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्नेबारे छलफल सुरु गरेको छ । पूर्णकालीन रूपमा पार्टीको काममा रहेका केन्द्रीय सदस्यलाई नेकपाले पहिलेदेखि नै मासिक रूपमा खर्च दिँदै आएको छ ।

‘पूर्णकालीन कार्यकर्तालाई तलदेखि माथिसम्म कुनै न कुनै ढंगले सहयोग गर्ने कम्युनिस्ट पार्टीले अभ्यास गर्दै आएको नीति हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रदेश, जिल्ला या त्यो भन्दा तलको हकमा सम्बन्धित कमिटीले नै छलफल गर्ने भएको कारणले सचिवालयले केन्द्रीय कमिटीका सदस्यको हकमा के गर्ने भन्ने बारेमा पनि छलफल गर्ने कार्यसूची तय गरेको छ ।’

यसैगरी बैठकमा नेकपाले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न महामारीको समयमा संघीय संसद्का सदस्यले बैठक भत्ता लिने कि नलिने भन्नेबारे पनि निर्णय गर्ने बताइएको छ ।

मन्त्रीको विषय संवैधानिक इजलासमा पठाऊ: वामदेव
सत्तारूढ नेकपाको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमले आफूहरू मन्त्री हुन सक्ने वा नसक्नेसम्बन्धी कानुनी रूपमा निक्र्योल गर्न सो विषय संवैधानिक इजलासमा पठाउन माग गरेका छन् ।

सरकार पुनगर्ठन र मन्त्रीहरूको मापदण्ड सम्बन्धमा छलफल गर्न बसेको बैठकमा नेकपाका प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आफू र वामदेव गौतमलाई मन्त्री बनाउन कुनै पनि कानुन र संविधानले बाधा नपु¥याउन बताएका थिए ।

संविधानमा प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका व्यक्तिहरू यो प्रतिनिधि सभाको कार्यकाल छँदासम्म मन्त्री बन्न नसक्ने प्रावधान छ । गत निर्वाचनमा गोरखाबाट पराजित भएका श्रेष्ठ र बर्दियाबाट पराजित भएका गौतमलाई सरकारले राष्ट्रिय सभाको सदस्यमा मनोनीत गरिसकेको छ । उनीहरू दुवै जना राष्ट्रिय सभामा मनोनीत भएपछि मन्त्री हुन पाउनुपर्ने अडानमा छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य नेताहरू कानुनी अड्चन आउन सक्ने भन्दै उनीहरूलाई मन्त्री बनाउन हच्कँदै आएका छन् । सचिवालयका एक सदस्यका अनुसार प्रवक्ता श्रेष्ठले आफूहरू राष्ट्रिय सभाको सदस्य भइसकेकाले मन्त्री बन्न कुनै अड्चन आइनपर्ने दाबी गरेका थिए । सचिवालयका अन्य केही नेताले कानुनी समस्याका बारेमा गम्भीरतापूर्वक छलफल हुनुपर्ने बताएका थिए । कानुनी अड्चनको विषय गम्भीरतापूर्वक उठेपछि नेता गौतमले त्यसो भए यो विषय संवैधानिक इजलासमा पठाउनुपर्ने र इजलासले जे गर्छ, त्यो सबैले मान्नुपर्ने बताएका थिए ।

सचिवालय बैठकमा मन्त्री पुनगर्ठनको विषयमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सुझाव लिएका थिए । सोमबार बस्ने सचिवालय बैठकमा संवैधानिक निकाय र राजनीतिक नियुक्तिका बारेमा छलफल हुने र सुझाव लिने गरी एजेन्डा तय भएको बताइएको छ ।

(Visited 340 times, 1 visits today)
Loading comments...

आजको समाचार

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि बाध्य पारिने छैन : जो बाइडेन

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका...

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

चीनले गाड्याे चन्द्रमामा आफ्नो झण्डा

एजेन्सी । चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । चीन चन्द्रमामा आफ्नो झण्डा फहराउने दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले ५० वर्ष भन्दा...

साताका लोकप्रिय समाचार

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

भारतको रोमाञ्चक जित

क्यानबेरा । घरेलु टोली अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० मा भारतले रोमाञ्चक जित हात पारेको छ । तीव्र गतिका बलर टि नटराजन र स्पिनर युजभेन्द्र चहलको...

डिसेम्बरमा रिलिज हुँदै बलिउडका सात नयाँ फिल्म

मुम्बई । भारतमा गत नोभेम्बरबाट फिल्म हलहरू खुलेपछि निर्माता र वितरकहरूले आफ्ना नयाँ फिल्म डिसेम्बरमा रिलिजको घोषणा गरेका छन् । यसै क्रममा बलिउडका सात...

सशस्त्रमा सात डीआईजीका लागि १२ को लबिङ, ठाडामगरलाई ट्रम्पको धक्का

काठमाडौं । सशस्त्र प्रहरीमा यही २८ मंसिरदेखि सात जना नायब महानिरीक्षक (डीआईजी) पद रिक्त हुने भएपछि प्रतिस्पर्धी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू लबिङमा लागेका छन् ।...

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

ट्रेन्डिङ

कर्णाली नदीमा पुल बनेपछि भुलुबासी हर्षित

दैलेख । बर्षोदेखि कर्णाली नदी वारपार गरेर जोखिम यात्रा गर्दै आएका अछाम तुर्माखाँद गाउँपालिका २ भुलुबासीको जोखिम यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । दैलेखको...

जुम्लामा फेरि हिमपात, जनजीवन प्रभावित

सिञ्जा । जुम्लामा फेरि आज बिहानदेखि हिमपात भएको छ । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले...

बिहेको निम्तोमा जन्ममिति अनिवार्य

उदयपुर । बालबिवाहलाई कानुनले दण्डनीय अपराध घोषणा गरेपछि यहाँका अधिकाश छापाखानाहरुमा दुलाहा दुहलीको जन्म मिति अनिवार्य उल्लेख...

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

प्रशासकलाई निजी इस्टिच्युटमा पढाउन बन्देज

काठमाडौं । सरकारले प्रशासकहरूलाई सरकारी काम छलेर विभिन्न निजी इस्टिच्युटमा पढाउन पूर्ण रूपमा रोक लगाएको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिव तथा...

कोभिड–१९ : सरकारका लागि अवसर र चुनौती

कोभिड–१९ बाट आज विश्व संक्रमित भएको छ । हालसम्म करिब २० लाख मानिसमा संक्रमण देखिएकोमा करिब ५ लाख स्वस्थ भई घर फर्किएका...

कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको स्पष्ट पारेका छन् ।...

मत्स्येन्द्रनाथको रथारोहण पुनः स्थगित

ललितपुर । साउन १० गते अर्थात् नागपञ्चमीको दिन १२ बजेर ५ मिनेटदेखि १२ बजेर २५ मिनेटभित्रको साइतमा मत्स्येन्द्रनाथको रथारोहण गर्ने निर्णय पुनः स्थगित गरिएको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

भर्खरै

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

धेरै पढिएका

क्यानडाले आफ्ना नागरिकलाई जनावरीदेखी खोप दिने

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले...

नवौं राष्ट्रिय खेलकुद ‘पर्ख र हेर’को नीति

काठमाडौं । निर्धारित समयअनुसार नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन अन्तिम साता हुने तय छ । तर, यसपटक कोरोना महामारीका कारण...

चन्द्रपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउदो मंसिर २८,२९ र ३० गते चन्द्रनिगाहपुर स्थित...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन : प्रधानमन्त्री

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गयो

(Visited 90 times, 1 visits today)